बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

  • सोमवार, माघ १३, २०७६
सेयर गर्नुहोस् :
बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

बाजुरा १३ माघ– नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिए संगै बाजुराको सदरमुकाम मार्तडीमा पनि फोजी सेवा संचालनमा ल्याएको छ । माघसम्म देशैभर फोर जी सेवा र्पुयाउने लक्ष्य राखेको नेपाल टेलिकमले बाजुरामा  गत शुक्रबार देखी फोर जी सेवा सुरु गरेको हो । मुलुकका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुरामा यहि माघ १० गते देखी फोर जी एलटीई सेवा सुरु भएको नेपाल टेलीकम बाजुराका कार्यालय प्रमुख पदम पडाले बताएका छन् ।

bajura को छविको परिणाम"

नेपाल टेलिकमले जिल्लाका २ वटा टावरमा बिटिएस प्रविधिको जडान गरी फोर जी नेटवर्क सेवा सुरु गरेको प्रमुख पडालले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीको खुलामंचामा एक घरको छतमा राखीएको टावर दुरसंचारको कार्यालय अगाडी रहेको दुइवटा टावरबाट फाष्ट इन्टरनेट सेवा फोर जी सुरु गरेको नेपाल टेलिकम बाजुराले जनाएको छ । फोर जी एलटी ई सेवाले बाजुरामा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख पडालको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार