शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

  • सोमवार, माघ १३, २०७६
बाजुराकाे सदरमुकाममा फोर जी सेवा संचालनमा

बाजुरा १३ माघ– नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिए संगै बाजुराको सदरमुकाम मार्तडीमा पनि फोजी सेवा संचालनमा ल्याएको छ । माघसम्म देशैभर फोर जी सेवा र्पुयाउने लक्ष्य राखेको नेपाल टेलिकमले बाजुरामा  गत शुक्रबार देखी फोर जी सेवा सुरु गरेको हो । मुलुकका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुरामा यहि माघ १० गते देखी फोर जी एलटीई सेवा सुरु भएको नेपाल टेलीकम बाजुराका कार्यालय प्रमुख पदम पडाले बताएका छन् ।

bajura को छविको परिणाम"

नेपाल टेलिकमले जिल्लाका २ वटा टावरमा बिटिएस प्रविधिको जडान गरी फोर जी नेटवर्क सेवा सुरु गरेको प्रमुख पडालले बताएका छन् । बाजुराको सदरमुकाम मार्तडीको खुलामंचामा एक घरको छतमा राखीएको टावर दुरसंचारको कार्यालय अगाडी रहेको दुइवटा टावरबाट फाष्ट इन्टरनेट सेवा फोर जी सुरु गरेको नेपाल टेलिकम बाजुराले जनाएको छ । फोर जी एलटी ई सेवाले बाजुरामा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख पडालको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार