शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकाे सेवा प्रभावकारी

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकाे सेवा प्रभावकारी

  • सोमवार, माघ १३, २०७६
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकाे सेवा प्रभावकारी

लक्ष्मीराज पाध्याय

बाजुरा १३ माघ– पछिल्लो समय जिल्लाआयुर्वेद स्वास्थ्य केन्द्र प्रभावकारी बन्दै गएको छ ।  सदरमुकाम मार्तडीमा रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउनेको संख्यामा बृद्धि भएको छ। कार्यालयको ब्यबस्थापन र दक्ष कर्मचारीहरुको लगनशिलताका कारण आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीहरु बढेको स्थानीयले बताएका छन् । पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा हरेक दिन २० देखी ३० जना सम्म बिरामाहरु आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन पुग्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
कुनै समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा बिरामी पनि नआउने र उपचार हुन्छ भन्ने समेत थाहा हुदैन थियो । कर्मचारी पनि घाम तापेर बस्नु बाहेक अन्य कुनै काम हुदैन थियो, अहिले भने बिरामीको निकै घुइचो लाग्ने गरेको छ ।
अस्पतालमा पुर्जीको समेत पैशा लाग्थ्यो, औषधी किन्नुपर्ने बाध्यता थियो, यहाँ त सब निशुल्क भएको र आफुलाइ लागेको रोग समेत २ महिनामै ठिक भएको छ । पहिलाको भन्दा धेरै सुधार हुनुको साथै आजभोली राम्रो संग हिडडुल समेत गर्न सकेको पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा गएर उपचार गरे, सञ्चो भएको बडिमालिका नगरपालिका वडा न ८ की बिर्मा थापाले बताइन् । थापाले भनिन् मेडिकल बाट औषधी लिए तर सञ्चो नभएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मगाएर उपचार गर्दा सञ्चो भएको थापाले बताइन ।उनलाई पूर्वकर्म, सर्वाङ्ग स्वेदन सेवा सहित औषधी दिईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी निमित्त कार्यालय प्रमुख दिक्षा भण्डारीले बताइन ।
आफुलाई सञ्चो भएको छ, पहिलो उपचार गर्ने जादैन थिए, अहिले भने धेरै जसो उपचार गर्न जाने गरेकी छु बडिमालिका नगरपालिका वडा न ९ की एक स्थानीयले बताइन । बाजुरामा आयुर्वेद तरिकाले उपचार हुन्छ भन्ने चेतना पनि निकै कम भएकोले, आयुर्वेद अस्पतालमा उपचार गर्नेको संख्या कमि भए पनी पहिले भन्दा हाल धेरै जनाले नियमीत सेवा लिने गरेकी उनले बताइन ।
उपचारमा आउने बिरामीलाई सेवा दिइरहेका छौ, सञ्चो हुने भएर होला अहिले बिरामीको चाप निकै बढिरहेको छ । अस्पतालमा गएपछि औषधी पाइदैन्, यहाँ औषधी पनि निशुल्क पाँउने सञ्चो पनि हुने गरेको उपचारमा आएका बिरामीहरुले बताउने गर्नुभएको छ । दैनिक लगभग १५ जनासम्म उपचारमा आइरहने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी निमित्त कार्यलय प्रमुख दिक्षा भण्डारीले बताएकी छन् ।
आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्याषटाईट्रिक, पाइल्स, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरुको उपचार हुने गरेको निमित्त कार्यालय प्रमुख भण्डारीले बताएकी छन । पहिला त त्यती बिरामी आउदैनन्, थिए, अहिले प्रचार प्रसार र स्वास्थ्य केन्द्रलाई ब्यबस्थित गरेपछि बिरामीको संख्या बढदै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । साथै सुनौला हजार दिनका आमालाई दुध बढाउने औषधि र जेष्ठ नागरिकको लागी रसायन औषधि बितरण गर्दै आएको छ । अस्पतालमा ओपिडि सेवा, पुर्वकर्म, पञ्चकर्म सेवा र औषधी बितरण हुने गरेको निमित्त कार्यालय प्रमुख भण्डारीले बताउकी छन् ।अझै स्थानिय स्तरमा उपचारका बारेमा जानकारी दिने कार्यक्रम गर्ने हो भने आयूबेर्द अस्पतालमा चेकजाचँ र उपचारका लागि धेरै संख्यामा बृद्धि हुने देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार