शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • बक्सिङ्ग प्रतियोगितामा रजक पदक बिजेता पुनमलाइ बुटवलमा सम्मान

बक्सिङ्ग प्रतियोगितामा रजक पदक बिजेता पुनमलाइ बुटवलमा सम्मान

  • आइतवार, माघ १२, २०७६
बक्सिङ्ग प्रतियोगितामा रजक पदक बिजेता पुनमलाइ बुटवलमा सम्मान

बाजुरा १२ माघ — सेती कर्णाली सम्पर्क समाज रुपन्देहीले १३ औं साग खेलकुद प्रतियोगिता अन्र्तगत ६४ केजी समूह तर्फबाट महिला बक्सिङ्ग प्रतियोगितामा रजक पदक बिजेता पुनम रावललाई सम्मान गरेको छ । खेलाडिलाई सम्मान गरेर आत्मबल बढाउन सहयोग होस् भन्ने उद्देश्यले नगद दश हजारले सम्मानित गरिएको सम्पर्क समाजका अध्यक्ष अर्जुन पाण्डेले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि शस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक मानवहादुर शाहीले सुदुर पश्चिम प्रदेशजस्तो बिकट ठाउंवाट आएर खेलाडीहरुको हौसलाको निम्ति गरिएको सम्मान निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बुटबल बहुमुखी क्याम्पसका प्राध्यापक बसन्तराज खनाल, शान्ति समाज रुपन्देहीका अध्यक्ष डिबी खनाल, सम्मानित खेलाडी पुनम रावललगायतले मन्तव्य राखेका थियो । कार्यक्रम अर्जुन पाण्डेको अध्यक्षयता कार्यक्रममा  धनरिषी शर्माले संचालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार