• होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा मदन बिक निर्बाचित

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा मदन बिक निर्बाचित

  • शनिबार, माघ ११, २०७६
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा मदन बिक निर्बाचित

बाजुरा ११ माघ– बाजुरामा राष्ट्रिय दलित पत्रकार संघको गठन गरिएको छ । प्रथम बाजुरा जिल्ला भेलालले पत्रकार मदन विकको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति रहने गरी संघको जिल्ला कार्यसमिति गठन गरेको हो ।
राष्ट्रिय दलित संघको शनिवार बाजुरामा भएको प्रथम जिल्ला भेलाबाट पत्रकार मदन विक अध्यक्ष, धर्मराज सुनार उपाध्यक्ष, रामबहादुर विक सचिव, सरिता नेपाली कोषाध्यक्ष, प्रमित विक सह–सचिव, त्यस्तै सदस्यहरुमा कलसरी सुनार, कमिला शार्की, कमला विक, बसन्ती नेपाली र सोधा नेपाली रहने गरी १० जनाको नयाँ कार्यसमिति गठन गरिएको निर्वाचन मण्डलका सदस्य  निमेन्द्र शाहीले बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्मि प्रदेश सम्मेलनका संयोजक करन ताप्राकारले दलित समुदायका पत्रकारहरु एकजुट भएर संचार क्षेत्रमा लागेर दलितका हक अधिकारका पक्षमा कटिवद्ध भएर लाग्नु पर्ने बताएका थिए । साथै उहाँले यो संघ प्रत्येक जिल्लामा स्थापना गर्नुको उद्देश्य र संघको आगामी कार्ययोजनाका बारेमा जानकारी दिएका थिए ।
त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारको प्रमुख आतिथ्यतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रथम जिल्ला भेला आयोजक समितिका संयोजक मदन विकको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रमलाई रेडियो पौरखीका समाचार सहायक रामबहादुर विकले संचालन गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि, राजनितिक दल, जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम बडीमालिका नगरपलिकाको सभाहलमा संचालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार