शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुरेन्द्र शाही गुलाव कान्छाका पाँच मुक्तक

सुरेन्द्र शाही गुलाव कान्छाका पाँच मुक्तक

  • बुधबार, माघ ८, २०७६
सुरेन्द्र शाही गुलाव कान्छाका  पाँच मुक्तक

टाढैबस मैलेअब कर्कस आवाज सुन्नु छैन ।
रङ्ग फेर्ने छेपारीलाई दिलभित्र थुन्नु छैन ।।
झरीपर्दा गल्दै जाने माकुराको जाल जस्तै,
धरोधरमा तिमीसङ्गै मायाको जाल बुन्नु छैन ।।

अझैपनि सम्झीएर आँशुले मुख धुनुपर्यो ।
एक्लै मत तड्पिएर तिम्रै निम्ति रुनुपर्यो ।।
अन्तै गयौ घातगरी खुशीहुँदै घर बसाउन,
भेटिन कोही ऐलेसम्म मैले एक्लै हुनुपर्यो ।।

समिपै छु अझैसम्म आरधना पुगेनकि ?
सकेजति गर्नुपर्ने त्यो अर्चना पुगेनकि ??
गरेकै छु दिलैदेखी तिमीलाई चोखोमाया,
मन्ददेख्छु किनफेरी धूप बासना पुगेनकि ??

बचेखुचेको जो, निमेष बचाउनु छ।
लागिपर्यौ सबै, यो देश बचाउनु छ ।।
भो पर्दैन मास्न,त्यो पुर्खाको गाथा,
गोर्खालीको बाँकी, अबशेष बचाउनु छ !!

बुझ सानू गाउँ र शहर फरक छ ।।
मेरो बध्यता तिम्रो रहर फरक छ ।।
तिमी सुखमा म दु:खमा हुर्किएको,
धनी र गरीबमा अक्सर फरक छ ।।

चर्चामा

सम्बन्धित समाचार