शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • विद्यार्थीले होस्टेलभित्रै बच्चा जन्माएपछि…

विद्यार्थीले होस्टेलभित्रै बच्चा जन्माएपछि…

  • बुधबार, माघ ८, २०७६
विद्यार्थीले होस्टेलभित्रै बच्चा जन्माएपछि…

काठमाडौ — टिनएज प्रेगनेन्सी वा किशोरी अवस्थामा नै गर्भवती बन्ने घटना संसारभर विकराल बन्दै गएको छ । किशोरावस्थामा नै गर्भवती भनेपछि भ्रूण हत्या गर्ने वा गर्भपतन गराउने घटना पनि बढिरहेका छन् । यसैक्रममा ११ कक्षामा पढ्दै गरेकी एक किशोरीले मृत शिशु जन्माएको समाचारले भारतको छत्तीसगढमा हलचल नै ल्याइदिएको छ ।

समाचार अनुसार छत्तीसगढको दंतेवाडामा ११ कक्षामा पढ्ने एक छात्राले अस्पतालमा एक बच्चालाई जन्म दिएकी हुन् । ती किशोरीले जन्माएको जवजात शिशु मृत रहेको समेत भारतीय समाचार माध्यमले जनाएका छन् । होस्टेलमा बस्दै आएकी किशोरीको अवस्था खराब हुँदै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र अस्पतालमा नै उनले मृत शिशु जन्माएको बताइएको छ ।

तर किशोरीले होस्टेलभित्रै बच्चा जन्माएको र वार्डनको मिलोमतोमा पछि अस्पताल लगिएको स्थानीयबासीले आरोप लगाएका छन् । उक्त घटनापछि होस्टेलकी वार्डन हेमलता नागलाई निलम्बित गरिएको छ । नागलाई घटनाबारे जानकारी रहेको तर लुकाउन खोजेको आरोप समेत लगाइएको छ ।

दंतेवाडाको पताररसमा ११ कक्षामा पढ्ने १७ वर्षीया ती छात्राले मध्यरातमा बच्चा जन्माएकी थिइन् । बच्चा जन्माउने बित्तिकै अभिभावकलाई ती छात्रा बिरामी भएको भन्दै वार्डनले बोलाएको र पछि उनलाई अस्पताल लगिएको थियो ।

घटना बाहिर आएलगत्तै होस्टेल वार्डनलाई निलम्बन गरिएको छ । साथै घटनाबारे छानबिन गर्न एक टोली समेत गठन गरिएको छ । छानबिनपछि दोषीलाई के कस्तो कारबाही गर्ने भनेर तय गरिने अधिकारीहरूले बताएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईले ती छात्राले मध्यराति मृत शिशु जन्माएको बताएको छ । ‍किशोरीले आफ्नै गाउँका एक युवकसँग सम्बन्धमा रहेको समेत बताएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार बुधबार बिहान पेट दुखेको बताएकी थिइन् । त्यसपछि उनका अभिभावकलाई बोलाएको थियो । लगत्तै उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चा जन्माएपछि अभिभावक स्तब्ध भएका थिए । विद्यालय प्रशासनले मृत बच्चासहित किशोरीलाई उनको परिवारसमक्ष सुम्पेको थियो । होस्टेले वार्डनले घटनालाई लुकाउन ती छात्रा बिरामी भएको भन्दै घर पठाइएको बताएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार