शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • डिलाशैनी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्ष पालको घरमा बम जेसिबी र स्कारपियोमा पनि आगजनी

डिलाशैनी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्ष पालको घरमा बम जेसिबी र स्कारपियोमा पनि आगजनी

  • बुधबार, माघ ८, २०७६
डिलाशैनी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्ष पालको घरमा बम जेसिबी र स्कारपियोमा पनि आगजनी
फाइल फाेटाे

बैतडी, ८ माघ– बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।
यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै डिलाशैनी गाउँपालिका ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाको बारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।
डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखि बिवाद हुदैं आएको थियो ।
राज्य पुर्नस्थापना हुँदा डिलाशैनी गाउँपालिका ७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुदैं आएका छन् । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार