शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको छैटौ नगरसभा सम्पन्न

बडिमालिका नगरपालिकाको छैटौ नगरसभा सम्पन्न

नगरपालिकामा नगर प्रहरी आफ्नै हुने

  • बुधबार, माघ ८, २०७६
बडिमालिका नगरपालिकाको छैटौ नगरसभा सम्पन्न

बाजुरा ७ माघ — बडिमालिका नगरपालिकाको छैटौँ नगरसभा तथा हिउँदे अबिेशन सम्पन्न भएको छ । बिभिन्न कार्यबिधी तथा निर्देशिका पास गर्ने गरि बिधान सभाका रूपमा रहेको हिउँदे अधिबेशसनको पत्रकार सम्मेलन मार्फत जानकारी गराएकोे हो । समृद्ध नगर खुसी नगरवासी भन्ने मुल नाराका साथ छैटौं हिउँदे नगरसभा बडिमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको छ । माघ ४ गते नगर कार्यपालिका बैठकबाट स्वीकृत कार्यबिधीका बिषय र छलफलबाट उठेका कुराहरूका बिषयमा छलफल गरिएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् । छैटौ नगर सभामा नगर प्रहरी कार्यबिधी, अटोरिक्सा ब्यबस्थापन कार्यबिधी, जलश्रोत उपयोग कार्यबिधी र अपांग परिचयपत्र कार्यबिधीका बिषयमा छलफलमा ल्याइएको नगरप्रमुख बडुवालले बताएका छन् ।
जिल्लाकै पहिलो नगरपालिकाको रुपमा २०७१ सालमा घोषणा भएको बडिमालिका नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेपछि ६ वटा नगरसभा सम्पन्न गरिसकेको छ ।
मंगलबार नगरप्रमुख पदम बडुवालले छैटौं नगरसभाले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गरेका छन् । उनले नगरपालिकामा जनप्रतिनिधिहरु आईसकेपछि नगरपालिकाको समग्र विकासका लागि हालसम्म गरेका कामहरुको उपलब्धीका बारमो जानकारी गराएका थिए ।
संविधानले निर्धारण गरेका जिम्मेवारीमा रहेर शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिंचाई लगायत क्षेत्रमा विकास निर्माणका काम, जनतालाई नजिकबाट सेवा प्रवाह गर्न आवश्यक कानून निर्माण, कर्मचारी व्यवस्थापन लगायतका कामहरुको कार्यान्वयन गर्न लागिरहेको नगरप्रमुख बडुवालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
नगरपालिकाको छैटौं नगर सभाले नगरपालिकाको सामाजिक शान्ति स्थापनाका लागि नगर प्रहरी सम्वन्धि कार्य्विधि, २०७६ र नगर सभाबाटै स्वीकृत दरवन्दी र तह अनुसार नगर प्रहरीको व्यवस्थापन गर्ने कानुनी आधार तयार भएपछि नगरपालिकालाई नगर प्रहरी व्यवस्थापन गर्न बाटो खुलेको र सोही बमोजिम नगर प्रहरी कार्यबिधी पास गरेको बताएको छ ।
त्यस्तै नगरपालिकाको छैटौं नगरसभाले अटोरिक्सा व्यवस्थापन निर्देशिका , जलश्रोत उपयोग सम्वन्धि र्निेशिका र अपाङ्गता परिचय पत्र वितरण कार्यबिधि २०७६ अनुमोदन गरेको गरेको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेका छन् ।
चालू आर्थिक बर्षको अहिले सम्म भएका कामहरुको समिक्षा तथा विभिन्न निर्णय गर्दै नगरसभा सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताएका छन ।
नगरसभामा अहिले सम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल गरिएको अर्यालले बताए ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालीत नगरसभामा उठेका प्रश्नहरुको नगरप्रमुख बडुवालले जबाफ दिएका थिए । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र नगरपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो ।
विभिन्न क्षेत्रमा बिनियोजित बजेट अब चाडै कार्यान्वयनमा आउने बताउदै नगरप्रमुख बडुवालले बजेट कार्यान्वयनमा लाग्न सभा सदस्य हरुलाई अनुरोध गरेका छन ।
अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रसंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभाका सदस्यहरु लाई नगरप्रमुख बडुवालले आग्रह समेत गरेका छन । सभामा उपस्थित सबैजनाले सामुहिक रुपमा बिकासका काममा लाग्ने सबैले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । नगरसभाको संचालन तथा स्वागतप्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार