बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको छैटौ नगरसभा आजदेखी सुरु

बडिमालिका नगरपालिकाको छैटौ नगरसभा आजदेखी सुरु

  • सोमवार, माघ ६, २०७६
बडिमालिका नगरपालिकाको छैटौ नगरसभा आजदेखी सुरु
बडिमालिका नगरपालिकाको छैटौँ नगरसभा तथा हिउँदे नगरअधिबेशन उद्बघाटन कार्यक्रम तस्बीर : लक्ष्मीराज पाध्याय

बाजुरा ६ माघ —  बडिमालिका नगरपालिकाको छैटौँ नगरसभा तथा हिउँदे अधिबेशन आजदेखी सुरु भएको छ । बिभिन्न कार्यबिधी तथा निर्देसीका पास गर्ने गरि बिधान सभाका रूपमा रहेको हिउँदे अधिबेशसन आजदेखी सुरू गरिएकोे हो । समृद्ध नगर खुसी नगरवासी भन्ने मुल नाराका साथ छैटौं हिउँदे नगरसभा बडिमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको छ । माघ ४ गते नगर कार्यपालिका बैठकबाट स्वीकृत कार्यबिधीका बिषय र छलफलबाट उठेका कुराहरूका बिषयमा छलफल गरिएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् । छैटौ नगर सभामा नगर प्रहरी कार्यबिधी, अटोरिक्सा ब्यबस्थापन कार्यबिधी, जलश्रोत उपयोग कार्यबिधी र अपांग परिचयपत्र कार्यबिधीका बिषयमा छलफलमा ल्याइएको नगरप्रमुख बडुवालले बताएका छन् ।
चालू आर्थिक बर्षको अहिले सम्म भएका कामहरुको समिक्षा तथा विभिन्न निर्णय गर्दै नगरसभा संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताएका छन ।
नगरसभामा अहिले सम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल गरिएको अर्यालले बताए ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालीत नगरसभामा उठेका प्रश्नहरुको नगरप्रमुख बडुवालले जबाफ दिएका थिए । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र नगरपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो ।
विभिन्न क्षेत्रमा बिनियोजित बजेट अब चाडै कार्यान्वयनमा आउने बताउदै नगरप्रमुख बडुवालले बजेट कार्यान्वयनमा लाग्न सभा सदस्य हरुलाई अनुरोध गरेका छन।
अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रसंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभाका सदस्यहरु लाई नगरप्रमुख बडुवालले आग्रह समेत गरेका छन । सभामा उपस्थित सबैजनाले सामुहिक रुपमा बिकासका काममा लाग्ने सबैले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । नगरशभाको संचालन तथा स्वागतप्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार