• होमपेज
  • विचार/ब्लग
  • शहरी ब्यस्त जीवन,एकदमै असुरक्षित

शहरी ब्यस्त जीवन,एकदमै असुरक्षित

  • सोमवार, माघ ६, २०७६
शहरी ब्यस्त जीवन,एकदमै असुरक्षित

घडीको सुईमा चल्नुपर्ने शहरी ब्यस्त जीवनको कारण मान्छेको जिवन एकदमै असुरक्षित र अत्यासलाग्दो बन्दै गइरहेको छ। केहि दिन अगाडि नव नियूक्त धितो पत्र वोर्डका अध्यक्ष ज्यूलाई शुभकामना दिएर फर्कदै थिएँ । माइतिघर आइपुग्न लागेपछि ट्राफिक प्रहरीले स्कुटर साइड लाउन निर्देशन दिनुभयो । सायद लिफ्ट को लागि होला भन्दै म रोकिएँ । उहाँले चावि माग्नुभयो उहाँले भनेको सवै कुरा सानो बच्चाले जस्तो मान्दै गएँ। त्यसपछि म सँग केहि नवोलि अरु वाइक पनि साइड लाउन थाल्नुभयो । म उहाको क्रियाकलाप हेर्दै थिँए अनविज्ञ भएर । एकछिन पछि नजिक आएर भन्नुभयो सडकमा गलत साईड तर्फबाट किन सवारी चलाएको भन्दै, मेरो लाइसेन्स हेर्न हतारिनुभयो ।

अव बल्ल बुझे, उहाँले मेरो स्कुटर रोक्नुको कारण ! त्यसपछि मैले गल्ती गरेको छैन भनेर धेरै बेर अड्डी कसीरहे । किनभने म यात्राको समयमा कहिले हतार गर्दिन । बरु जानु पर्ने समयमा पन्ध्र मिनेट छिट्टै निस्कन्छु । भिडभाड र काठमाडौमा अत्याधिक ट्राफिक छिचोल्नको लागि म प्राय जसो स्कुटरमै हुइकिने गर्छु । हतारको यात्राले गन्तव्यमा पुर्याउन सक्छ जस्तो मलाई लाग्दैन । मेरो मुटु डराउँने भएर पनि हुनसक्छ ।

धेरै अनुअय विनय गरे । किनभने सातौं वर्षको दौरानमा पहिलोपल्ट गलत चालक सावित हुँदै थिएँ । त्यसपछि बास्तविक कुरा निकाल्दै कार्ड देखाएँर भने, हेर्नुस म मुटुरोगी हुँ ।गंगालाल अस्पताल जादैँ थिएँ अनि हतारमा रहेछु र गल्ती भयो कि ! एकचोटि लाई गल्ति नै सहि माफि गर्दिनु पनि भनेँ । बरु ढुङ्गा पग्लेला उहाँको मन पग्लेन । उल्टै मलाई मुटुरोगि मान्छे किन हिड्या त भन्नुभयो । अनि मेरो पनि रीसको पारा तात्न लाग्यो अनि भने, “कस्तो मानवता नबुझ्ने मान्छे ! के मैले रोगी भएर काम गर्दा तपाईलाई रीस लाग्यो ? “

त्यसपछि उहाँले भन्नुभयो हेर्नुस मेरो पनि घरमा आमा अन्तिम अवस्थामा हुनुहुन्छ । त्यहिपनि तपाईँहरुको सेवा गर्न बस्या छु । म नि शब्द्ध भएँ ! मेरो वोलि वन्द भयो । वोलि मात्र हैन श्वास वन्द होला जस्तो भयो ।श्रमप्रति उहाँको निष्ठा देखेर श्रद्धाले शिर झुक्यो मेरो । मनमनै नमन गरेँ ।

नियमित स्वास्थ चेकअप नगरेको धेरै भैसकेको थियो । डा. को निर्धारित समय भन्दा म पन्ध्र मिनेट ( धितो पत्रमा छलफल लम्बिएकाले) यसै पनि ढिला भैसकेको थिएँ । सायद त्यहि हतारमा भएर मेलै गल्ति गरेको रहेछु भन्ने महसुश गर्दै हातमा रसिद लिएर हस्पिटल तिर लागेँ ।

प्रहरीहरुको काम सम्झदा नतमस्तक हुदैँ बाटो भरी सोच्दै आएँ । उहाँ जस्ता सम्पूर्ण राष्ट्र सेवकहरु आफ्नो घर परिवार बाट टाडा रहेर दिनरात आफ्नो स्वाथ्यको ख्याल नगरी धुलो मैलो, घाम, पानी जाडो, गर्मिको प्रबाह नगरी गाली र हेलत्व सहदैँ राष्ट्रप्रति र हामि नागरिकका निमित ज्यान हत्केलामा राखेर योगदान दिनुहुन्छ तर हामि भने आफै गल्ति गर्दै उहाँहरुलाई नै सदैव दोषि देख्ने गर्छौं ।

हामि सदैव हतारमा यात्रा गर्ने गर्छौं । किनकि यो घडीको सुईमा चल्नुपर्ने शहरी ब्यस्त जीवन र मानवीय मूल्यहीन संस्कृतिका कारण मान्छेको जिवन एकदमै असुरक्षित र अत्यासलाग्दो बन्दै गइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार