शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • २० बर्षपछिको ठुलो हिमपाँत

२० बर्षपछिको ठुलो हिमपाँत

  • शनिबार, माघ ४, २०७६
२० बर्षपछिको ठुलो हिमपाँत

माघ, ४बाजुरा –– शुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा २० बर्षपछिको ठुलो हिमँपातभएको छ । बिगतका बर्षमा थोरै थोरै आउने गरेको थियो यो बर्षमा भने धेरै हिमँपात भएको बुढिन्नदा नगरपालिका १० पाण्डुसेनका ७५ बर्षिय डबल रोकायाले वताएका छन् ।
पहिला हिउँ आएपनि एक सातामा बिलाउने गरेको थियो, तर यो बर्ष भने एक डेढ महिना देखी हिउँ परिरहेको स्थानियले वताएका छन् । पटक पटक हिउँ परिरहेको छ, बाटोहरु अहिले सम्म अलपत्र रहेको हिमाँली गाँउपालिका ३ का वडा सदस्य जगत बहादुर लामाले वताए । धेरै बर्ष पछि ठुलो हिमँपात भएको उनले वताए । यो २० बर्ष पछिको ठुलो हिमँपात भएको उनले वताए ।
मंसिरको अन्तिम साता देखी पटक पटक हिमपाँत भएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवत जावत गर्न समस्या हुनुका साथै केही गाँउ सम्पर्क बिच्छेद बनेका छन् ।
निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवासमेत अनियमित भइहरेको छ । स्थानिय सडक यातायात पनि १ महिना देखी अबरुद्ध रहेका छन् । हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक एक महिना देखी बन्द भएको बुढिन्नदा नरपालिका ९ कादाबा गुरुङ्गले वताएका छन् । स्थल र हवाइमार्ग सबै बन्द रहेको उनले वताए ।
चिसाको कारणले हिमाली भेगकागाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशितिर झरेको छन् । हिमाली भेगका बिद्यालय पुर्ण रुपमा बन्द भएका छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताए । एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको उनले वताए ।
बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जन जिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनिचिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार