शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हिमपहिरोमा परि ७७ जनाकाे मृत्यु

हिमपहिरोमा परि ७७ जनाकाे मृत्यु

  • शुक्रबार, माघ ३, २०७६
हिमपहिरोमा परि ७७ जनाकाे मृत्यु
तस्विर सिएनन

पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

घटनामा ९४ जना घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । श्रृंखलाबद्ध रुपमा आएको हिमपहिरोले घरहरु पुरिंदा यस्तो अवस्था सिर्जना भएको जनाईएको छ । दर्जनौ घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र पुरिएको विपद व्यवस्थापन तथा पुर्नस्थापन मन्त्री अहमद रज्जा कोइद्रीले बताए । हिमपहिरोमा परी केही व्यक्तिहरु हराईरहेको सुरक्षा निकायहरुको भनाई छ । हिमपहिरोबाट निलुम उपत्यका सबैभन्दा बढि प्रभावित भएको छ । त्यस क्षेत्रमा निरन्तर हिमपात भईरहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले घटनास्थलको निरीक्षण गरी राहत तथा उद्धारमा जुट्न राज्यका सबै अंगलाई निर्देशन दिएका छन् । उद्धार गरिएका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार