शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तक- छुवाछुत छाउगाेठ अलग गर्नु हुन्न

कलक राेकाया सानुका मुक्तक- छुवाछुत छाउगाेठ अलग गर्नु हुन्न

  • बिहिबार, माघ २, २०७६
कलक राेकाया सानुका मुक्तक- छुवाछुत छाउगाेठ अलग गर्नु हुन्न

१.
छुवाछुत छाउगाेठ अलग गर्नु हुन्न अब,
नारी पनि त देउता हुन डर्नु हुन्न अब।
अाफ्नाे घरकाे छाउकाेठ भत्काई दिनु,
सर्प बिच्छिले टाेकेर नारी मर्नु हुन्न अब।
२.
छुट्टै गाेठमा अागाे बालि ढाेका हुन्छ बन्द,
त्सैलेत मर्ने गर्छन निसासिने र गन्ध।
छाउ हुनु कुनै अपराध हाेईन चेतना दिन,
सरकार पनि उधानसिलता हुनु हुन्न मन्ध।
३.
दुर्गा भगवतीकाे स्वरु नारी भनी राखाै,
घरबार चलाउने अाफ्नि प्यारी भनी राखाै।
छाउपडि प्रथा अपराध हाे था छ अब देखि,
समाजमा मान्नु हुन्न महिनावारी भनी राखाै।

कलक राेकाया सानु
गाैमुल गाउपालिका वडा
नं. ६ सालिकाेट बाजुरा
हाल:दार्चुला खलंगा बजार

चर्चामा

सम्बन्धित समाचार