शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • काठमाडौं न्युरो तथा जनरल अस्पतालमा जटिल प्रकृतिको नि:सुल्क शल्यक्रिया

काठमाडौं न्युरो तथा जनरल अस्पतालमा जटिल प्रकृतिको नि:सुल्क शल्यक्रिया

  • बुधबार, माघ १, २०७६
काठमाडौं न्युरो तथा जनरल अस्पतालमा जटिल प्रकृतिको नि:सुल्क शल्यक्रिया

उमेश खत्री/काठमाडौँ

सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले महोतरीकाे रामगोपाल ७ बस्ने माहिनुर खातुनको सफलतापुर्बक सल्यक्रिया गरिएको छ । बालिका बिगत २० दिन अघिबाट बिरामी परेकी थिइन् ।

बिरामी बालिकाको सानो आन्द्रा ठुलो आन्द्रामा गएको थियो सल्यक्रिया गरे पश्चात ठुलो आन्द्रालाइ काटेर फालिएको थियाे भने सानो आन्द्रालाई दिसा गर्ने नलीमा जोडिएको छ । अस्पतालका नवजात तथा बाल सर्जन डा दिनेशप्रसाद कोइरालाको टिमले सफलता पुर्बक शल्यक्रिया गरेको हो। उक्त टिमका बरिस्ठ एनेस्थेसिओलोजिष्ट डा.प्रदिप कोइरालाले सबै टिमको योगदानले गर्दा सफलता पुर्बक शल्यक्रिया गर्न सफल भएको बताए । यस्तो शल्यक्रियालाई जटिल प्रकृतिको मानिन्छ जुन कुरा काठमाडौँ न्यूरो तथा जनरल अस्पतालले सफलतापुर्बक गर्न सफल भएको छ।

बच्चाका आफन्तले नेपालमा नै उपचार सम्भब भएको रोगको पर्याप्त अस्पताल र डाक्टर सम्बन्धी जानकारी नपाउदा निकै सास्ती बेहोर्नु परेको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामी बालिकाको बाबु समी उल्ला अन्सारी आफै पनि अपाङ्ग हुन् भने बालिकाकी आमा साहनी खातुन साधारण गृहिणी हुन् । “आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित हुन नपरोस भन्दै काठमाडौं न्युरो तथा जनरल अस्पतालले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत गरिब तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरुको नि:सुल्क सल्यक्रिया गर्दै आइरहेको अस्पतालका फिनान्स डिरेक्टर लक्ष्मन महर्जनले बताए ” । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले यस्ता जटिल र दुर्लभ प्रकृतिको शल्यक्रिया पहिलाबाट नै सफल गर्दै आइरहेको छ । साथै अहिले शल्यक्रिया गरिएको बिरामी बालिकाको शरीरले नियमित काम सुरु भइसकेको छ।

(लेखक काठमाडौं न्युरो तथा जनरल अस्पताल संग सम्बन्धित छन्)

चर्चामा

सम्बन्धित समाचार