मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुशासन परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

सुशासन परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

युएन हेबिटेटको जस्तो कुशासासन नगर्न नेकपा नेता रावलकाे शुझाव

  • बुधबार, माघ १, २०७६
सुशासन परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

बडिमालिका नगरपालिकामा सुशासनका लागि क्षमता विकास परियोजना सञ्चालन हुने भएको छ । बडिमालिका नगरपालिका र जिआईजेट जर्मन सरकारको सहकार्यमा सुशासन प्रवद्र्धन परियोजना सञ्चालन हुन लागेको हो । पहिलो चरणमा परियोजना सन् २०२२ सम्म कार्यान्वयन गरिने छ ।
नगर क्षेत्रमा हुने विकास निर्माणका गतिविधि र संस्थागत विकासमा सुशासनको पक्षको सुधार र संस्थागत गर्न परियोजनाले सहयोगी भूमिका खेल्ने परियोजनाका उपप्रमुख शिवा श्रेष्ठले बताएकी छन् । नगरपालिकाको सभा हलमा परिचयात्मक कार्यक्रम मार्फत परियोजना बारे जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा नेता गगन रावलले भने युएन हेबीटेडका जस्तो गैर जिम्मेवार र सुशासनका नाममा कु शासन नहोस भनेको छन् । नेता रावलले स्थानीय तहहरुले सुचना लुकाउने आफ्नालाई ठेका दिने र त्यसमा पनी जनप्रतिनिधीहरुलाई ग्रहायता दिने काम बढि भएकोले यो परियोजनाद्धारा सहयोग मिल्ने बताए । कार्यक्रममा बोल्दै नेता रावलले जिल्लाका सबै स्थानीयत तहहरुले शुसासन गरि जनताका इच्छा र आकांक्षा पुरा गर्नुपने शुझाव समेत दिएका छन् । जिल्लाका केही स्थानीय तहले शुसासन भनेको के हो थाहा नपाएको र थाहा भएर पनी पचाएकोले यस बिषयमा सौच्नुपर्ने अबस्था आएको बताएका छन् । अन्तीमा बोल्दै नेकपा नेता रावलले यूएन हेबीटेट जस्तो सुशाशन हिन संस्थाको काम नगर्न चेतावनी समेत दिएका थिए ।
देशका १६ वटा स्थानीय तहमा सञ्चालन हुने परियोजना सुदूरपश्चिम प्रदेशका पाँच वटा स्थानीय तहमा सञ्चालन हुने सुदूरपश्चिम संयोजक यादव ओझाले बताएका छन् । संस्थागत सुशासन, क्षमता अभिवृद्धी, प्राविधिक सहयोग र योजना निर्माणमा परियोजनाले सहयोग गर्ने छ ।
जहाँ सुशासन छैन त्यही कार्यक्रम लागु गर्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
सहयोगी निकाय जर्मन सरकार जिआईजेटका अनुसार चार वर्षका लागि करिब ४६ करोड नेपाली रुपैया खर्च गर्न सकिने बताईएको छ । नगरपालिकालाई नै बजेट दिएर कार्यक्रम सञ्चालन नगरिएपनि जुनसुकै काम र योजनामा थप लगानी र सहयोग गर्ने कार्यमा परियोजनाले सहकार्य गर्ने बताईएको छ ।
बडिमालिका नगरपालिकामा यो सँगै तीन निकायले कार्यक्रम सुरु गरेका छन् । यस अघि युनिसेफ र युएन हेबिटेडले पनि नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सार्वजनिक सुनुवाई, योजना निर्माण, नीति नियमको कार्यान्वयन र संस्थागत तथा विकास निर्माणको सुधारका लागि परियोजनाले सकारात्मक भूमिका खेल्ने विश्वास रहेको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।
परिचयात्मक कार्यक्रममा सहभागिहरुले संस्थागत सुशासनका नाममा परियोजना देखाउने र लगानी नहुने कुरा राम्रो नहुने भएकोले प्रत्यक्ष लगानीमा जोड दिन सुझाव दिएका छन् । कार्यक्रममा पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावल, गिफ्ट कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी, गैसस बाजुरा अध्यक्ष अग्नीराज शाहीले सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका छन् । संस्थागत र व्यक्तिगत भ्रष्टाचार बढेकोले त्यसमा सुशासन परियोजनाले केही शुद्धता ल्याउने गरी काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका धनराज पण्डित, नेकपाका नेता गगन रावल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले सुझाव मन्तव्य राखेका थिए ।
नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले गरेका हुन् । कार्यक्रम नगर सभा हलमा आयोजना गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार