बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हुम्ला र बाजुराको कवाडी नदिमा बेलिबिज्र बन्यो

हुम्ला र बाजुराको कवाडी नदिमा बेलिबिज्र बन्यो

एक महिना भित्र हुम्लामा गाडि पुग्ने

  • बुधबार, माघ १, २०७६
हुम्ला र बाजुराको कवाडी नदिमा बेलिबिज्र बन्यो
कणाली करीडोर अन्तर्गत बाजुरा र हुम्ला जोडने कवाडी नदिमा बेलिबिज्र पुलनिर्माण सम्पन्नभएको छ ।

बाजुरा, २९ पौष–  बाजुरा र हुम्ला जोडने कवाडी नदिमा बेलिबिज्र पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सँगै हुम्ला एक महिना भित्र यातायात सञ्चालन भइसक्ने नेपाली सेनाले वताएको छ । नेपाली सेनाले निर्माण गर्न लागेको कर्णाली करीडोर सडक अन्तर्गत नदिमा बेलिबिज्र निर्माण भएको हो । गतअसोज महिनामा काम सम्पन्न हुने गरी बेलिबिज्र पुल निर्माण भए पनि बर्षातमा सामान ढुवानी गर्ने समस्या भएकोले अहिले पुलनिर्माण सम्पन्नभएको छ ।

     कवाडी नदिमा बेलिबिज्रको कामसम्पन्नभए सँगै हुम्ला गाडि पुग्ने भएपछि हुम्लाबासी खुशी भएको ताजाकोट मैला गाँउपालिकाअध्यक्ष बागदल मल्लले वताएका छन् ।  देशका सबै जिल्लामा यातायातले छोएको भए पनि हुम्ला भने अहिले सम्म सड्क सञ्जाल जोडिएको छैन् । पुल निमाण कार्य सम्पन्नसँगै एक महिना भित्र हुम्लाको अदानचुली गाँउपालिकाको गल्फागाडसम्म यातायात सञ्चालनहुने कर्णाली करीडोरको तिथिचौर क्याम्पका सह सेनानी शंकर सिलवाले वताएका छन् ।

     कवाडी नदिमा बेलिबिज्र बनेपछि हुम्लामा कम्तीमा १६किलोमिटर यातायात सञ्चालनमाआउने सेनाले वताएको छ । हुम्ला र बाजुारको सिमानामा पर्ने कवाडी नदि सम्म ८४ किलोमिटर रहेको छ । त्यहाँ बाट अदानचुली गाँउपालिकाको गल्फागाड सम्म १६ किलोमिटर रहेको छ । कवाडी नदिमा बेलीबिज्रको सम्पन्नपछि हुम्लाबासी खुशी भएका छन् । गाडि चढने रहर पुरा हुने भन्दै स्थानिय खुशी भएकोे वताए । सेनाले सडकको काम तिव्र गतिमा गरीरहेको छ ।

     हुम्लामा यातायात नपुग्दा साता दिन लगाएर बाजुरा, कालिकोट पुगेर गाडि चढनु परेको छ, भने अर्कोतिर महँगो हवाई भाडा तिर यात्रा गर्दै आएको थिए । गाडि नपुगेकै कारणले हुम्लीबासीले महँगीको मार खेप्दै आएका थिए, बिरामी हुँदा पनि समयमै उपचार पाउन नसकि ज्यान जाने अबस्था रहदै आएको थियो । एक महिनामै हुम्लामा गाडि पुग्ने सम्भाबना भएकाले हुम्लाबासी निकै खुशी भएको हुम्लाका स्थानिय नन्दबहादुर महतराले वताएका छन् ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो ।

लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित  गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँखर्च हुने अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार