बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हरियाली समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

हरियाली समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

  • सोमवार, पुस २८, २०७६
हरियाली समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौ मुलुकको संघिय राजधानी काठमाडौमा देखिएको उच्च मानवचाप व्यवस्थापनसँगै  बैकल्पीक शहरको अभियानमा जुटेको सरकारले अब काठमाडौ उपत्यका जस्तै नयाँ शहर निर्माण गर्ने भएको छ ।
अहिले सरकारले काठमाडौ उपत्यकाभित्र एउटा घर बनाउन पाए हुन्थ्यो भन्ने हरेक व्यक्तिको भित्रि चाहँना हटाएर स्वःस्फुर्त रुपमा काठमाडौको भिडबाट देसका अन्य ठाउँमा पुगेर घर बनाउने माहोल बढाउन काठमाडौ उपत्यका जस्तै नयाँ शहर निर्माणको विकल्प रोजेको हो । जसका लागि अहिले सरकारले विशेषगरि, संघिय राजधानी काठमाडौ उपत्यकासँग जोडिएका नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लाका विभिन्न स्थानलाई नयाँ शहर विस्तार गर्ने तयारी गरेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
शनिबार तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले यस्तो बताएका हुन् । लामो समयको अध्ययन पछि अहिले सरकार काठमाडौ जस्तै अन्य नयाँ शहर निर्माणमा लागेको जाननकारी गराउँदै उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ शहर निर्माणमा सरकार लागेको बताए ।
पछिल्लो समय सरकारले अघि सारेको यस्तो नयाँ शहर विस्तारको अभियानले हरेक सुविधा भएर पनि विविध कारणले अहिलेसम्म ओझेलमा परेका मुलुकभरका विभिन्न ठाउँका नागरिक स्वतः आर्थिक रुपमा सम्वृद्ध हुने दावी गर्दै राज्यमन्त्री मानन्धरले भने, ‘अहिले काठमाडौ उपत्यकाभित्र होइन, काठमाडौ बाहिरका विभिन्न स्थानमा नयाँ शहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ ।’
छिमेकी देस चीन र भारतले पनि अहिले विभिन्न ठाउँमा सुरुङ बनाई सडक विस्तारगरि रेल र सडक मार्गबाट काठमाडौलाई सहज रुपमा यातायातको पहँुच बढाउने सरकारी लक्ष्यमा साथ दिईरहेको जानकारी गराउँदै उनले सवारी साधन चढेर काठमाडौबाट करिब एक÷आधा घण्टाको दुरीमा अर्को नयाँ शहरमा पुग्ने वातावरण बनाउन अहिले सरकार निकै तदारुकताकासाथ अघि बढेको बताए ।  उनले सरकारको यस्तो अवधारणले अहिले काठमाडौ उपत्यकाभित्र देखिएको बढ्दो मानव चापका कारण उत्पन्न विविध समस्या विस्तारै समाधान गरि देसका धेरै ठाउँमा थप नयाँ शहर निर्माण हुने बताए । उनले काठमाडौ उपत्यका जस्तै देसका विभिन्न स्थानमा अन्य नयाँ शहर बनाउने तयारीमा जुटेको सरकारले अब मुलुकभरका सबै शहरलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाएर विविध नामले बर्गिकरण गर्दै जाने लक्ष्य लिएको बताए ।
अब विस्तार हुने शहरमा जुन सुविधा प्रयाप्त छ सोही अनुरुप त्यो शहरको वर्गिकरण हुने जानकारी गराउँदै उनले काठमाडौ, पोखरा, लुम्बिनी, नुवाकोटको त्रिुशुली र हेटौंडा लगायतका शहरलाई भब्य साँस्कृतिक शहरको रुपमा विस्तारगरि विश्वभरका मानिसको आकर्षणको केन्द्र पर्यटकीय हवको रुपमा विकास गरिने बताए । आफुले शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी लिएको जम्मा ४७ दिन मात्र भएको बताउँदै उनले काठमाडौ लगायत देसका अधिकाँश भागमा रहेका शहरलाई थप व्यवस्थीत बनाउन सहरकारले अहिनेसम्म धेरै काम गरेको दावी गरे । उनले काठमाडौ उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई थप व्यवस्थित बनाउन सरकार लागिरहेको बताए  । वाग्मती, विष्णुमती र धोविखोला करिडोरको काम मात्र व्यवस्थापन गर्न नसकिए अहिलेको काठमाडौँ शहर निकै व्यवस्थित हुने उनको भनाइ छ ।
अहिले हामीले परिकल्पना गरेको जस्तो व्यवस्थित र सबै सुविधा सम्पन्न शहर बनाउन सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अघि बढाउन नसकेको भन्दै उनले ऐतिहासिक र सांस्कृतिक महत्वको धनी काठमाडौ उपत्यकामा जतिसक्दो धेरै पर्यटक भित्राएर ‘नेपाल भ्रमण वर्ष २०२०’ को लक्ष्य पुरा गर्न यस हरियाली समाज जस्ता सबै संस्थाहरुको आपसी सहकार्य हुनुपर्ने बताए ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले सरकारले अघि सारेको नयाँ शहर विस्तारको अवधारणामा हरियाली समाजले गरेको पूर्वाधार निर्माणको काम निकै उदारहणीय र प्रसंसनीय भएको बताए ।  सो कार्यक्रममा हरियाली समाजका अध्यक्ष रविन्द्र पण्डित, तानपा ४ नं. वडाका सदस्य विन्दु थापा सापकोटा, तानपाका इन्जिीनियर मिलन अर्याल, जनजागृती टोल सुधार समितिका सचिव राजकुमार प्रधान लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
हरियाली समाजको अध्यक्षमा पुनः पण्डित
काठमाडौ– हरियाली समाजको अध्यक्षमा पुनः रविन्द्र पण्डित निर्वाचित भएका छन । शनिबार सम्पन्न समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्व सहमतीको आधारमा पण्डित पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । समाजको उपाध्यक्षहरुमा राजकुमार बस्नेत, ज्ञानेश्वर अधिकारी, प्रलाद् खड्का, महासचिवमा कृष्ण खनाल, सचिवमा सुवन गिरी, सहसचिवमा सन्तोष ढकाल, कोषाध्यक्षमा केदार अधिकारी र सह कोषाध्यक्षमा अम्मरबहादुर तामाङ निर्वाचित भएका छन । यसैगरि, कार्यसमिति सदस्यहरुमा अन्नपूर्ण अधिकारी, दिपेन्द्र तामाङ, शान्ता शाक्य गौली, सन्तोष अधिकारी, अप्सरा भन्तना, दुर्गादेवी क्षेत्री, सरस्वती राई, नारायणी वाग्ले लगायत रहेका छन । कुल १७ सदस्यीय सबै पदाधिकारी सर्व सहमतीको आधारमा निर्वाचित भएको सो समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार