बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • महल छोडी झुपडीमै रम्ने भए

महल छोडी झुपडीमै रम्ने भए

  • आइतवार, पुस २७, २०७६
महल छोडी झुपडीमै रम्ने भए

महल छोडी झुपडीमै रम्ने भए आउ
दुःख पिडाको घडिमै रम्ने भए आउ

सोचे जस्तो चाहे जस्तो नहुन नि सक्छ
सुख थोरै दुःख बढिमै रम्ने भए आउ

चौरासी व्यञ्जन केहो मुख देख्या छैन
खोलि सिस्नुको खिचडीमै रम्ने भए आउ

नसकौला धुलिखेल काठमाण्डौं घुमाउन
बाजुराको भञ्ज्याङ अनि नौबिसमै रम्ने भए आउ

प्रकाश थापा बाजुरा
बुढिगंगा नगर पालिका 5
हाल काठमाडौं

चर्चामा

सम्बन्धित समाचार