बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्युत आपुर्ती गर्न आबस्यक पहल गर्ने मेयर : बडुवाल

बिद्युत आपुर्ती गर्न आबस्यक पहल गर्ने मेयर : बडुवाल

  • आइतवार, पुस २७, २०७६
बिद्युत आपुर्ती गर्न आबस्यक पहल गर्ने मेयर : बडुवाल

बाजुरा २७ पौष — लोडसेडिङ हटेको भनिए पनि विना सूचना विद्युत आपूर्तिमा अवरोध सिर्जना हुन थालेपछि बडिमालिका नगरपालिकाले समाधानको पहल तत्काल अगाडि बढाउन पहल गर्ने भएको छ । मार्तडीमाको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा बिग्रिएपछि बाजुरा सदरमुकामबासी अँध्यारोमा बस्न बाध्य भएपछि एकाएक नगरपालिका प्रमुखक पदम बडुवालको अध्यक्षतामा बैठक बसी सो निर्णय गरिएको हो । विद्युत् सेवा अनियमीत हुँदा १ हजार ३ सय बढी ग्राहकले नियमितरूपमा अध्यारोमा बस्न बाध्य रहेका छन् । पावर हाउसमा रहेका मेशीनहरु पुराना हुदै गएका र ग्रहाकलाई चाहीने मात्रामा ति मेशीनबाट बिद्युत अनियमीत भएकोले तत्काल नगरपालिकाको नगरसभाको बैठक बसी सम्बन्धीत निकायमा पहल गर्ने नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
हाल विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुने गरेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताएका छन् । विद्युतगृहमा रहेको उक्त मेसिन बनाउन सहकारीले नसक्ने भएका कारण यसको बिकल्पको रुपमा राष्ट्रिय प्रशारणको लाइन आबस्यक रहेको उनले बताए । पण्डितले भने राष्ट्रिय प्रशारणको लाइन पनी पावर हाउसमा आईसको र यसको प्रक्रिया नमिलेका कारण ढिलो हुने नेपाल बिद्युत प्राधिकारणका बाजुराका निमित्त कार्यालय प्रमुख पदम बहादुर बमले बैठकमा जानकारी गराए । त्रिबेणी सहकारीले चलाउदै आएको बाजुरा साना जलबिद्युत केन्द्रको लाइन फेर्ता लिन मन्त्री परिषदको बैठकले निर्णय गर्नु पर्ने भएकाले जिल्ला स्थित स्थानीय तह र नागरिक समाजले यसको अगुवाई गर्न सके छिटै राष्ट्रिय प्रशारणको लाईनबाट बिद्युत सेवा दिन सकिने कार्यालय प्रमुखको भनाई रहेको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ।
२०४६ सालमा निर्माण भएको विद्युत् पुरानो भएर सामानहरु जीर्ण भएपछि लोडसेडिङ हुँदै आएको छ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित बाजुरा साना जलविद्युत केन्द्रले आपूर्ति हुँदै आएको विद्युत कम हुँदा सदरमुकाम आसपास लगायत बडिमालिका नरपालिकाका वडाहरूमा लोडसेडिङ हुने गरेको छ ।
थेग्न नसक्ने ग्राहक संख्या र पुराना मेसिनले कम उत्पादन गरेपछि अधिकांश ग्राहाकले बिजुली नबाली महसुल तिर्ने गरेको स्थानीयले बताएका छन्।
जिल्लामा अहिले बिद्युत आपुर्ती कम र ग्रहाक बढि भएकोले यसको समाधानका लागि बडिमालिका नगरपालिकाले प्रदेश सरकार केन्द्रीय सरकार सम्बन्धीत निकायमा आबस्यक पहल गरि तत्काल समस्याको समाधानका लागी निकायमा पहल गर्ने समेत जनाएको छ ।
बडिमालिका नगरपालिकामा आयोजित बैठकमा नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको बैठकमा बिद्युत प्राधिकरणका कर्मचारी पत्रकार लगायतको उपस्थितीमा बैठक बसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार