• होमपेज
  • समाचार
  • ब्रेक्इङ न्युज: बस दुर्घटनामा २ जनाकाे मृत्यु २५ घाइते

ब्रेक्इङ न्युज: बस दुर्घटनामा २ जनाकाे मृत्यु २५ घाइते

  • शुक्रबार, पुस २५, २०७६
ब्रेक्इङ न्युज: बस दुर्घटनामा २ जनाकाे मृत्यु २५ घाइते

तनहुँको घिरिङ गाउँपालिका कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । सख्त घाइते भइ फिस्टेल अस्पताल पोखरा पुर्‍याइएकी ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । एक जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार