मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • ब्यसाहारा, अनाथ र टुहुरा बिद्यार्थीलाई शैक्षिक साम्रगी बितरण

ब्यसाहारा, अनाथ र टुहुरा बिद्यार्थीलाई शैक्षिक साम्रगी बितरण

  • शुक्रबार, पुस २५, २०७६
ब्यसाहारा, अनाथ र टुहुरा बिद्यार्थीलाई शैक्षिक साम्रगी बितरण

बाजुरा २५ पौष– राष्ट्रिय बाणिज्य बैक जिल्ला शाखा बाजुराले मालिका माध्यामीक बिद्यालयका १२ जना असाय टुहुरा अनाथ र ब्यसाहारा बालबालिकालाई शैक्षिक साम्रगी बितरण गरेको छ ।
राष्ट्रिय बाणिज्य बैकंको काम बचत गर्ने आर्थिक कारोबार मात्र गर्ने नभइ सामाजीक क्षेत्रमा पनी काम गर्नुपर्छ भन्ने उदेश्यका साथ सो कार्य गरिएको बैकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बाणिज्य बैकले पछिल्लो समयमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यामीक बिद्यालयका बिभिन्न कक्षामा अध्यायन गरिहरेका असाय, टुहुरा बालबालिकाहरुलाई एक कार्यत्रमका बीच शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक शाखा बाजुराका प्रबन्धक टिकाराम बुढा आफै उपस्थित भएर १२ जना बालबालिकाहरुलाइ शैक्षिक साम्रगी बितरण गरिएको मालिका माबिका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । मालिका माबिका प्राचार्य, बैकका प्रबन्धक, पत्रकार लगायतको उपस्थिीतीमा शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएकोे जनाएको छ जनाएकाे छ । बाजुरा जिल्लामा  बैकले सामाजिक क्षेत्रमा काम पनी लगानी र सामाजीक क्षेत्रमा काम गरेकाे पहिलो उदाहरण हाे  ।

चर्चामा

सम्बन्धित समाचार