शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय बाणिज्य बैकंद्धारा बित्तीय साक्षार कक्षा संचालन

राष्ट्रिय बाणिज्य बैकंद्धारा बित्तीय साक्षार कक्षा संचालन

  • शुक्रबार, पुस २५, २०७६
राष्ट्रिय बाणिज्य बैकंद्धारा बित्तीय साक्षार कक्षा संचालन

बाजुरा २५ पौष– राष्ट्रिय बाण्ज्यि बैकले बित्तीय साक्षरता कक्षा संचालन गरेको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका माबिमा कक्षा ११ र १२ मा अध्यायनरत  बिद्यार्थीहरुसंग कक्षा संचालन गरिएको हो । कक्षा ११ र १२ का  बिद्यार्थीहरुको क्षेमता अभिबृद्धी गर्ने उदेश्यले राष्ट्रिय बाणिज्य बैकको आयोजनामा कक्षा संचालन गरिएको राष्ट्रिय बाणिज्य बैकका प्रबन्धक टिकाराम बुढाले बताए ।
समसामयिक बैंकिङ्ग अवस्था, चुनौती, समाधानका उपाय एवं अवसरका बारेमा प्रबन्धक बुढाले स्पष्ट पारेका थिए । बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानवर्धक प्रस्तुति दिएको प्रबन्धक बुढाले बताएका छन् ।
एकपटक वित्तीय साक्षरता लिएको व्यक्ति जीवनभर यसबाट लाभान्दित हुन पुग्छ र आफ्ना सन्तानलाई समेत ज्ञान बाँड्न सक्छ, जसकोे मुख्य आशय भनेको बैंक तथा वित्तीय संस्थाबाटै कर्जा लिने गरौं, बचत गर्ने गरौं, उद्यमशीलताको विकास गरौं र आर्थिक समृद्धि प्राप्त गरौं भन्ने उदेश्यका साथ जिल्लामा पहिलो पटक बिद्यालयहरुमा गएर बित्तीय साक्षरता कक्षा संचालन गरेको उनले बताए । साक्षरता कक्षाले बित्तीय क्षेत्रमा पढ्ने बिद्यार्थीको क्षेमता अभिबृद्धी हुनका साथै उनीहरुको ब्यबाहारमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले यस्ता शिक्षालाई पनी बैक बचत कर्जा रिण लगानी जस्तै यो शिक्षा रहेको बताएका छन् ।
बिद्यार्थीहरूलाई बित्तीय साक्षारता कक्षा संचालनले आफ्नो बिद्यालयमा आएर बिद्यार्थीलाई ज्ञान दिएकोमा मालिका माबिका प्राचार्य शुभराज पाध्यायले राष्ट्रिय बाणिज्य बैकलाई धन्यबाद समेत ब्यक्त गरेका थिए । यसले बिद्यालयको शैक्षिक स्थरमा एक इटा थपिएको पचार्य पाध्यायले बताए । गरिबी तथा बेरोजकारीको यो भयावह स्थिति, वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय चेतना वा साक्षरता आबस्यक रहेको अबस्थामा यती धेरै बिद्यार्थीहरुलाई दिएको ज्ञानले समाजमा केही परिर्वतन हुने आशा रहेको प्राचार्य पाध्यायले बताएका छन् ।
प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पुरयाउनु नै वित्तीय समावेशीकरणको अवधारणा एवम् उद्देश्य हो । वित्तीय समावेशीकरणले क्षेत्र, लिंग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समान रुपमा वित्तीय संस्थाहरुबाट प्रदान गरिने औपचारिक वित्तीय सेवा पुरयाउनु पर्दछ भन्ने दृष्टिकोण राख्दछ । यसै गरी वित्तीय साक्षरताले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय श्रोत साधानको प्रभावकारी एवम् उपयोय गर्ने ज्ञान समेत प्रदान गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार