बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मालिकामा सिसि क्यामरा जडान

मालिकामा सिसि क्यामरा जडान

  • बुधबार, पुस २३, २०७६
मालिकामा  सिसि क्यामरा जडान

बाजुरा २३ पौष —  बाजुरा जिल्लाको सदरमुकाम मार्तडी मा अवस्थित मालिका नमुना बिद्यालयमा सिसिक्यामरा जडान गरिएको छ। सिसिक्यामरा जडान गरिएपछी यो बिद्यालय जिल्लाकै पहिलो सिसिक्यामरा जडित सामुदायिक बिद्यालय बनेको छ। शैक्षिक सुधारका लागि केही न केही नंया सिर्जनात्मक काम गर्दै आएको बिद्यालय ले नमुना बिद्यालय कार्यक्रम अन्तर्गत २ लाख बराबर को लगानी मा बिद्यालयका १६ ओटा कक्षाकोठा लाई केन्द्रित गरि सिसिक्यामरा जडान गरेको हो।सिसिक्यामरा जडान भएपछि बिद्यालयमा हुने गतिविधि नीग्रानी गर्न सहजता भएको बिद्यालयका प्राचार्य शुभराज पाध्याय ले बताउनु भएको छ।१९ सय बिद्यार्थी रहेको बिद्यालयमा पहिले बिद्यार्थी ले कक्षाकोठामा थुक्ने र फोहोर गर्ने झैझगडा गर्ने चल्ने धेरै थियो कन्ट्रोल गर्न गाह्रो हुन्थ्यो अहिले यी सबै गलत गतिविधि शुन्य भएका छ्न् शिक्षकहरु पनि पहिला भन्दा बढी उत्तरदायी भएर शैक्षिक क्रियाकलापमा सक्रियतापुर्बक लागिरहेका छन् ।हामी सबैलाई जिम्मेवार बनाउन सिसिक्यामराले थप बल पुर्याएको छ प्राचार्य पाध्यायको भनाइ रहेको छ।सुदुरपस्चिम का नमुना बिद्यालय भित्र पर्ने यो बिद्यालयले बालबालिकाको शैक्षिक सुधारका लागि गरेका रचनात्मक कार्यले अरु बिद्यालयलाइ पनि नमुना बन्न तर्फ प्रेरित गरिरहेको छ।यो भन्दा अगाडि जिल्लामा नाम चलेका प्राइभेट बोर्डिङ स्कुल मा मात्र सिसिक्यामरा जडान गरिएको थियो ।अहिले मालिका नमुना (सामुदायिक )बिद्यालयमा पनि सिसिक्यामरा जडानले बालबालिकाको खेल्दै सिक्दै को वातावरण लाई थप प्रभावकारी बनाउने सरोकारवालाहरुले बताउने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार