
बिहिवार देखीको हिमपाँत नरोकिएपछि बाजुरा जिल्लाका बिद्यालयको पठनपाठन प्रभाबित भएको छ । हिमपातका कारण बाजुरा २ सय ७४ बिद्यालयको पढाई प्रभाबित भएको जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख गोपाल दत्त जोशीले वताएका छन् ।
हिमपात सँगै चिसो बढेपपछि जिल्लाका ९ वटै स्थानिय तहका अधिकाश बिद्यालयहरुको पढाई प्रभाबित भएको छ । बिहिवार देखी नै केही बिद्यालय बन्द छन्, भने सञ्चालन भएका बिद्यालयमा पनि पढाई प्रभाबित भएको छ । हिमाली गाँउपालिका, गौमुल गाँउपालिका बुढिन्नदा नगरपालिकाको हिमाली भेगका बिद्यालय जगन्नाथ गाँउपालिका र स्वामीकार्तिक गाँउपालिका केही बिद्यालय भने पुर्ण रुपमा बन्द भएका छन् ।
गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने गाँउपालिका सबै बिद्यालयको पढाई प्रभाबित भएको वताएका छन् । गाँउ देखी बिद्यालय सम्म हिउँ छ, बिद्याल जान सक्ने अबस्था नभएपछि हिउँ नरोकिदा सम्म बिद्यालय बन्द गर्नुपर्ने अबस्था आएको अध्यक्ष हरि रोकायाले वताए । चिसोले घर बाहिर निस्कने अबस्था नै छैन्, बिद्यालय जान सक्ने अबस्था त झनै कम रहेको स्थानिय तहले वताएका छन् ।
सदरमुकाम मार्तडी रहेको बडिमालिका नगरपालिकामा पनि बिद्यालयको पठन पाठन प्रभाबित भएको शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक रंगमल बिकले वताए बडिमालिका नगरपालिका ७ मा रहेको सरस्वती आधारभुत बिद्यालयमा त हिउँले गर्दा बिद्यालय आवतजावत गर्न समस्या भएको उनले वताए । चिसो सँगै बिद्यालयमा भौतिक पुर्वाधार नहुनु कतै भवन अभाब कतै बस्ने बेञ्च समेत छैन्, बिद्यालयमा बिद्यार्थी समेत नआउने गरेको बिकले वताए ।
बाजुरामा रहेको २ सय २३ वालविकास केन्द्र भने पुर्ण रुपमा बन्द रहेका छन् । चिसोले वालवालिका नआउने भएपछि सञ्चालनमा आउन नसकेको जिल्ला शिक्षा तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । जिल्लामा हिमपात भएसंगै मार्तडी कोल्टीको सम्बन्ध पनी टुटेको छ । पोरखेलेखमा बाक्लो हिउँ जमेपछी सवारी साधान समेत चल्न सकेका छैनन् भने दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको ब्यापारी नवराज कुवँरले बताउनुभयो । अघिल्लो बर्ष हिमपातका कारण पोरखेमा हिउँ जमेपछी ३ महिनासम्म सडक अबरुद्ध भएको थियो ।
चिसोले गाईवस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । चिसोले बिरामी, सुत्केरी, ज्येष्ठ नागरिक र केटाकेटीलाई झनै समस्या भएको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्क्ष धर्मराज पाध्यायले वताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेका बिरामी पोरखेमा हिमँपात हुदा सडक अबरोध हुँदा बिरामी अलपत्र परेका छन् ।
