मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • डिएसपी भाटको बिदाई नयाँको स्वागत

डिएसपी भाटको बिदाई नयाँको स्वागत

  • सोमवार, पुस २१, २०७६
डिएसपी भाटको बिदाई नयाँको स्वागत

बाजुरा २१ पौष — बाजुरा जिल्लामा १४ महिना बसेर सरुवा भएका प्रहरी नायव उपरिक्षक उद्धवसिह भाटको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बमिालिका कर्मचारी मिलन केन्द्रको आयोजनामा औपचारीक कार्यक्रमका बिच बिदाई गरिएको हो । सो कार्यक्रममा नया बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृन पन्तकाे स्वागत पनी गरिएको बडिमालिका कर्मचारी मिलन केन्द्रका अध्यक्ष डाक्टर रुपचन्द्र बिस्वकर्माले बताएका छन् । डिएसपी भाटको १४ महिना बाजुरा बसाई फलदायी बनेको र बाजुरामा मदिरा नियन्त्रण संगै बिभिन्न योजनाका साथ शान्ती सुरक्षामा अमनचयन ल्याउन सफल डिएसपी बाजुराबासीको मन मस्तिस्कमा बस्न सफल बनेका डिएसपी भाटको सरुवा अनुसन्धान अपराध महाशाखा टेकुमा भएको छ । यस अघि बाजुरामा आउदा अत्तरीया ट्राफीक कार्यालयबाट बाजुरा आएका डिएसपी भाटले बाजुरामा प्रहरी जनताको पक्षमा हुन्छ भन्ने भन्ने जनताका एक आशाको केन्द्रबिन्दु बनेर सरुवा भएका छन् । यस अघि जिल्लामा को मान्छे डिएसपी आयो को गयो सर्बसाधारण गाउँका मान्छेलाइ थाहा हुदैन थियो । तर डिएसपी भाटको नाम जिल्लाका जुन सुकै ठाउँमा सुनिने गरेको पाइएको छ । डिएसपी भाटले मदिरा नियन्त्रण जुवा तास खेल्ने देखी अपराधीक कृयाकलापमा लाग्नबाट धेरै युवाहरु जोगाएको र घरेलु हिसांबाट हुने बिभिन्न घटना समेत न्युन भएको सर्बसाधारणको भनाई रहेको छ ।
डिएसपी भाटको सरुवा पछि बाजुरामा डिएसपी टंकप्रसाद भट्टराई अाउने भएका छन् । यस अघि प्रहरीले गर्ने काम भन्दा डिएसपी भाटको बेला शान्ती सुरक्षामा निकै परिर्वतन भएको नागरिक अगुवाहरुले बताउदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार