बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडाअध्यक्ष बिरामी लिएर अस्पताल पुगे्, रगत दिएर बिरामी बचाए

वडाअध्यक्ष बिरामी लिएर अस्पताल पुगे्, रगत दिएर बिरामी बचाए

  • शनिबार, पुस १९, २०७६
वडाअध्यक्ष बिरामी लिएर अस्पताल पुगे्, रगत दिएर बिरामी बचाए

बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बिरामीलाई अछामको बयलपाट अस्पताल पुयाए । उनको वडा कि २० बर्षकी ममता रोकाया अत्याधिक रक्तस्राब पछि बेहोस भएकि थिईन् । अध्यक्षले बिरामी मात्र अस्पताल पुयाएनन्, आफै रगत दिएर बिरामी समेत बचाएका छन् ।
ममतलाई अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरा शुक्रवार साँझ आफन्तले पुयाए । उनी डेढ महिनाकी गर्भवती रहेकी थिईन् । उनको पाठेघरमा अत्याधिक रक्तस्राब भएपछि अचेत अबस्थामा मात्र जिल्ला अस्पताल बाजुरामा पुयाईएको थियो ।
ममताको रगतमा हेमोगोलोबिनको मात्र २ प्वान्ट मात्र थियो । तर उनको जिल्ला अस्पताल बाजुरामा उपचार हुने सम्भाबना थिएन् । बयलपाटा अस्पताल सम्म पुयाउनका लागि बाजुरा अस्पतालका चिकित्सकले रगत दिए । अस्पताले ममातलाई रगत दिएर बयलपाटा रिफर गरेको थियो । ममतालाई वडा अध्यक्ष धर्मराज पाध्याय र उनका आफन्तले शुक्रवार राति नै बयलपाटा पुर्याए । बडिमालिका नगरपालिकाले गाडिको ब्यबस्थापन गरेको थियो । रातीनै ममताको अस्पताले पाठेघरमा जमेको रगत अप्रेशन गरेर चिकित्सकले निकालेका थिए ।
अप्रेशन पछि ममतालाई तत्काल रगतको आबश्यक थियो । राति रगत पाउन सजिलो थिएन्, आफै एक प्वान्ट रगत दिएको वडा अध्यक्ष धर्मराज पाध्यायले वताए । साथै उनि सँग गएका पत्रकार तुलाराम जैशीले पनि रगत दिएको थियो । वडा अध्यक्ष पाध्यायले बिरामीलाइ बाजुरा बाट मात्र अछामको बयलपाटा पुयाउन मात्र सहयोग गरेनन्, आफै रगत दिएर श्रीमतीको ज्यान बचाएको ममताका श्रीमान बिरेन्द्र रोकायाले वताएका छन् ।
बयलपाटा अस्पतालका निर्देशक डा. विकास गौचनले भने अप्रेशन पछि उनको अबस्था सामान्य रहेको वताए । बिरामी सँगै आएका वडा अध्यक्ष र एकजना पत्रकारले रगत दिएको बिरामीलाई दिएका छौ, थप आबश्यक परे ब्यबस्थापन गरेर बिरामीलाई रगत दिने डा. गौचनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार