बाजुराकाे हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिर बाट जिव कर्णाली नदिमा खसेको प्रत्यक्षदर्शी तोप बहादुर शाहिले वताएका छन् । सडक बाट ५ मिटर भन्दा ठुलो भिर बाट नदिमा खसेको जानकारी आएको छ । तोप बहादुर शाहिले टेलिफोनमा भने घटनास्थल पुग्न १० मिनेट लाग्ने आफु त्यहाँतिर गइरहेको बताए । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धब सिं भाटले भने खबर पाँउने बितिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ ।