• होमपेज
  • बाजुरा बिशेष
  • किन मागेन्न बुढिनन्दा र त्रिबेणी नगरपालिकाले कर्मचारी ?

किन मागेन्न बुढिनन्दा र त्रिबेणी नगरपालिकाले कर्मचारी ?

  • बिहिबार, पुस १७, २०७६
किन मागेन्न बुढिनन्दा र त्रिबेणी नगरपालिकाले कर्मचारी ?

लोकसेवा आयोगले स्थानिय तहका लागि भन्दै कर्मचारीको बिज्ञापन गर्यो । अधिकृत र नायब सुब्बा स्थानिय तहमा पुगेर काम समेत शुरु गरिसकेका छन् । तर बाजुराको बुढिनन्दा र त्रिबेणी नगरपालिकामा भने यो चरणमा एउटा पनि कर्मचारी नजाने भएका छन् ।
लोकसेवा आयोग दिपायलका अनुसार ति दुई स्थानिय तहले कर्मचारी नै माग नगरेका कारणले एकजना पनि कर्मचारी नगएको वताएको छ । सबै स्थानिय तहलाई कर्मचारी माग गर्न बिभाग मार्फत पत्रचार गरेका थियौ, तर मागनै नआएपछि कसरी पठाउने कार्यलयले वताएको छ । बाजुराका अन्य ७ वटा स्थानिय तहमा भने कर्मचारी माग गरेकाले आयोगले सिफारीस गरेर पठाइरहेको छ ।
एकातिर कर्मचारी पनि छैन्, काम गर्न असहज भएको भनेर भन्ने अर्कोतिर आयोगलाई कर्मचारी नै माग नगर्ने नगरपालिकाको गैर जिम्मेवारी भएको नागरिक अगुवा जनेश भण्डारीले वताएका छन् । नगरपालिकाले वास्ता नगरेका कारण यस्तो भएको बताए । सबै वडामा कर्मचारीको अभाब रहेको छ, नगरपालिकामा काम गर्न निकै असहज भएको वडा अध्यक्षले वताएका छन् । लोकसेवा आयोगले स्थानिय तहमा आबश्यक पर्ने सबै कर्मचारीको बिज्ञापन गरेको थियो । त्रिबेणीका स्थानिय तथा नागरिक अगुवा शेर बहादुर शाहिले भने कर्मचारी माग नर्गनु नगरपालिकाको चरम लार्पवाहि भएको वताए ।
बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले कर्मचारी माग नपठाएको जानकारी पाएपछि कर्मचारीलाई भनेको हो, तर कर्मचारीले पठाएको रेकर्ड रहेको बताईन् । तर बिभागमा बुझ्दा पत्र नपुगेको जानकारी पाएको वताईन् । अब अर्को चोटीको लागि माग गरिसकेको वताईन् । त्रिबेणी नगरपालिकामा उपप्रमुख राधिका सुनार भन्छन्, नगरपालिकाले माग नपठाउनु नगरपालिकाको कमजोरी भएको स्वीकार गर्छन्, कर्मचारी नहुँदा काममा धेरै असहज छ, के गर्नु कर्मचारी नमाग्दा ठुलो समस्या भएको वताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार