मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • नवप्रगति कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

नवप्रगति कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • बुधबार, पुस १६, २०७६
नवप्रगति कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

वडिमालिका नगरपािलका वडा नं ७ रजातोलीमा रहेको नवप्रगति कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  एक औपचारिक कार्यक्रम सहित सहकारी संस्थालिमिटेडको आय र व्ययसहित आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरिएको हो ।

पिडालु आलु अर्गानिक तरकारी खेती, कृषि उत्पादन व्यवसायीमुलक कृषि सहकारी भन्ने नारालाई आत्मसाथ गत वडा नं ७ रजातोली गाउँमै कृषि सहकारी संचालन गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । संस्थाका अध्यक्ष धनलाल पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि वडिमालिका नगरपािलकाका उपप्रमुख कविता विष्ट रहनुभउको थियो भने, विशिष्ट अतिथिमा वडा अध्यक्ष धर्मराज पाध्याय, ज्ञानुदय माविका प्रध्यानाध्यापक विजयराम पाध्याय लगायत सम्पुर्ण शेयरसदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका पदाधिकारीहरुले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा तथा अधिवेशनमा अध्यक्ष धनलाल पाध्याय, कोषअध्यक्ष हरिचन्द्र पाध्याय, सचिव हिरालाल पाध्याय र लेखा संयोजकले आ आफ्नो क्षेत्रका प्रगती प्रतिवेदन पस्तुत गर्नुभएको थियो ।

प्रगती प्रतिवेदनमा संसथामा हालसम्म शेयर रकम १ लाख ३४ हजार ६ सय ६० रुपैया, कुल बचत ६ लाख १९ हजार १ सय ८३ रुपैया र ऋण लगानी ७ लाख ५६ हजार रुपैया रहेको छ । साथै आजैबाट संचान भएको संस्थाको तेस्रो अधवेशनले कार्यसमिति पनि चयन गरेको छ । कार्यसमिति चयनमा पुरानै कार्यसमितिलाई यथावत राखिएको बताइएको छ । जसमा अध्यक्ष धनलाला पाध्याय, उपाअध्यक्ष धनकृष्ण पाध्याय, कोषअध्यक्ष हरिचन्द्र पाध्याय, सचिव हिरालाल पाध्याय, सदस्य थुमादेवि पाध्याय, महादेव पाध्याय र तुलादेवि पाध्याय रहनुभएको छ । संस्थाको लेखासमितिमा संयोजक धनलाल पाध्याय, देवराज पाध्याय र जयराज जैशी सदस्य रहनेगरी, ऋण उपसमितिमा संयोजक जयकृष्ण पाध्याय, सुरेन्द्र पाध्याय र धर्मराज पाध्याय सदस्य रहनेगरी र सल्लाहकार समितिमा संयोजक बलराम पाध्याय, मनरुप पाध्याय र देवराज पाध्याय सदस्य रहनेगरी समिति बनाईएको छ ।

साथ्ै साधारण सभाकै अवसरपारी संस्थामा आवद्ध उत्कृष्ट कृषक हरिचन्द्र पाध्याय र बलरामा पाध्याय तरकारी खेती र टिकाराम पाध्या फलफुल खेती गर्नेलाई कृषि औजार प्रदान गरेर सम्मान पनि गरिएको छ । यसैबिच आजै सोही सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ । वडिमालिका नगरपािलकाको ७ लाख ९२ हजार ९ सय ५३ रुपैया, २ लाख ४० हजार संस्थाका सदस्यहरुको श्रमदान र संस्थाका अध्यक्षको ७५ हजार सातसय लगानीमा निर्माण गरिएको २ कोठे भवनको आज नगरउपप्रमुख कविता विष्टले रिवन काटेर उद्घाटन गर्नुभएको जानकारी प्राप्त भएको छ । संस्थाका सदस्य महादेव पाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव हिरालाल पाध्यायले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार