• होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराले एम्बुलेन्स र शबवाहन किन्ने

जिल्ला अस्पताल बाजुराले एम्बुलेन्स र शबवाहन किन्ने

  • शनिबार, पुस १२, २०७६
जिल्ला अस्पताल बाजुराले एम्बुलेन्स र शबवाहन किन्ने

जिल्ला अस्पताल बाजुराले एम्बुलेन्स र शबवाहन किन्ने भएको छ । जिल्ला अस्पताल बाजुरामा बिरामी बोक्ने एम्बुलेन्स नभएको आरोप खेपिरहेको बेला एम्बुलेन्स र शबवाहन किन्ने प्रक्रियामा अगाडी बढेको बाजुराका अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष भरत बहादुर थापाले वताएका छन् ।
एम्बुलेन्स र शबवाहन किन्नका लागि दश, दश लाख बिनियोजन भएको छ । कर छुटका लागि जिल्ला प्रशासन बाट शिफारिस गरिसकेको छ, अस्पतालका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । किन्नलाई प्रक्रिया अगाडी बढाएका छौ, अब स्वास्थ्य मन्त्रालय मार्फत कर छुट गरेर यसै आर्थिक बर्षमा खरिद गर्ने बिश्वकर्माले वताएका छन् । बाजुरामा ४ वटा एम्बुलेन्स भएपनि बाजुरा अस्पतालमा अहिले सम्म एउटा एम्बुलेन्स पनि छैन् ।
अस्पतालका अध्यक्ष भरत थापाले भने एम्बुलेन्स र शबवाहन खरिद चाडै गर्ने प्रक्रिया छौ, अन्य ब्यबस्थापनका लागि पनि लागेको बताए । अन्य जनशक्ति थप गर्ने तयारी भएको वताए । साथै अस्पतालको भवन बन्न अलि समय लाग्ने भएकाले अस्थाई घर निर्माण गरि सेवा सञ्चालन गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार