
स्वामिकार्तिक खापर गाँउपालिका २ बस्ने कालि विकले छोरा हुँदा सारै हेरचाह गरेको थिईन् । छोरी जन्मेपछि आफुले र घरपरिवाले समेत केही हेरचाह नगरेको र अपहेलाना गर्ने गरेको वताईन् । जसले गर्दा छोरी कुपोषित भएको वताईन् । गाँउमा छोरा भन्दा बढि छोरी कुपोषित रहेको उनले वताए । छोरी जन्मेपछि शुरुदेखी वास्ता नहुने राम्रो सँग स्तनपान समेत नगर्ने गरेको स्थानिय जौमति बुढाले वताईन् । उनको घरमा पनि छोरा कुपोषित छैनन्, छोरी कुपोषित रहेको वताईन् ।
महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले भनिन्, छोरी जन्मेकै दिन देखी वास्ता नगर्ने कारणले बढि छोरी कुपोषित हुने गरेको वताईन् । शिक्षिका बच्चाहरु पनि छोरी भएमा बिभेद गर्ने गरेको शाहले थपिन् । छोरा भएपछि आमाबुवाले हेरचाह गर्नु र आमाले समेत दुध ढिला सम्म समय खुवाउने गर्छन्, छोरी भएपछि खासै हेरचाह नगर्ने भएकाले वालिकामा बढि कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यलय वताएको छ ।
छोरा भएपछि पटक पटक हेरचाह हुन्छ, छोरी भएको एक महिनामै दिनभरी बन्द कोठामा छोडेर साझ मात्र दुध खुवाउछन्, त्यसैले वालिकामा बढि कुपोषण हुने गरेको डोगटि स्वास्थ्य चौकीका सिअहेब दल बहादुर रावतले वताएका छन् । आफ्नो कार्यक्षेत्रमा ९० प्रतिशत छोरी कुपोषित भेटेनि गरेको वताए । छोरा र छोरीमा बिभेदका कारणले छोरीमा बढि कुपोषित भएको उनले वताए ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराले दुई बर्ष पहिला निकालेको तथ्याङ्कमा वालक भन्दा वालिका बढि कुपोषण शिकार भएको जनाएको थियो । कडा कुपोषणमा नाम रेकर्ड भएका ६ सय ४० मध्ये, वालिका मात्र ४ सय १ रहेका छन् । त्यस्तै मध्ये कुपोषीत वालिका मध्ये १३ सय ५३ मध्ये ७ सय ४२ वालिका रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि वालक कति वालिका कति तथ्याङ्कमा उल्लेख नभएको तथ्याङ्क अधिकृत रुगम थापाले वताए ।
छोरी छ भने थाहा पाएमा गर्भमै भुण्र हत्या शुरु गर्छन्, नभए जन्मेपछि पनि छोरा सरह हेरचाह नगर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकि अनमि प्रर्मिला बिष्टले वताईन् । छोरी भएपछि सुत्केरी आमा समेतलाई पोषिलो खाना र हेरचाह केही नहुने गरेको विकले वताई छोरा र छोरी भएकै कारणले भेदभाव हुँदा कुपोषणको शिकारी बढि वालिका हुने गरेको उनले वताईन् ।
