प्रकाश सिंह
बुढिन्नदा नगरपालिका १० पाण्डुसेन बस्ने राजकला थापा (भोटे) ३ महिनाकी छोरी बोकेर अछामतिर बसाइ सरेकी छन् । गाँउमा हिउँदमा हिमपाँत हुने चिसोले बस्न नसकिने भएपछि सपरिवार र भेडा बाख्रा सहित लिएर अछाम सरेकी छन् । उनि अब चैत अन्तिम साता मात्र गाँउ फर्कने छन् ।
राजकलाको परिवार हिउँदमा सधै औल तिर जाने गरेका छन् । उनि सुत्केरी भएको तिन महिना भएको भएपनि कुनै पनि खोप नलगाएको वताएकि छन । उनि जस्तै सोही गाँउकि कमला थापा (भोटे) पनि एक महिनाको बच्चा बोकेर अछाम तिर जान बाजुराको तल्लो भेग पुगिसकेकी छन् । गाँउमा चिसो हुने भएपछि बच्चा बोकेर अछाम जान लागेको वताईन् ।
यी त केही उदाहरण मात्र हुन्, जनजातिका धेरै महिलाहरु गर्भवती भएको समय र सुत्केरी भएको समयमा बसाई सर्ने गरेका छन् । पालमा बस्नु पर्ने खालि आकाशमा बस्नु पर्दा स्वास्थ्यमा समेत निकै असर पर्ने गरेको उनिहरुले वताएका छन् । अहिले बाजुरा र हुम्लाका जनजाति समुदायहरु चिसो छल्न बेशीतिर झरिरहेका छन् ।
“चिसो छल्न र गरिबिका कारण भेडा च्याङ्गा र सपरिवार सहित हिउँदका ६ महिना बेशि झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका अध्यक्ष बुद्धि बोगटी (भोटे) ले बताए” । शुदुरपश्चिम र कर्णली प्रदेशका बाजुरा, बझाङ्ग, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमि बसाई सर्ने गरेका छन् । ति जिल्लाका जनजाति महिलाहरु बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन् ।
जिल्लामा आमा र बच्चाका लागि भनेर काम गरदै आएका थुप्रै सरकारी तथा गैर सरकारी संस्था काम गरदै आएका छन् । तर भोटे जनजाति महिलाको चेतनामा भने कुनै परिवर्तन आउन सकेका छैनन् । आमा र शिशुका लागि भन्दै युनिसेफ, सुहारा लगायतका संघ संस्थाले करोडौ बजेट खर्च गरेको पाईएको छ । अधिकांश कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पनन हुने गरेका छन् ।