बाजुरा, ८ पौष– सुदुरपश्चिम प्रदेशको महत्वपुर्ण पर्ब भुवा पर्बको अबसर पारि सार्बजिनक बिदाको दिने निर्णय भएको छ ।
भुवा पर्बलाइ लक्षित गरि सुदूर पश्चिम प्रदेश सरकारले पुष १० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आज बसेको प्रदेश सरकारको बैठकले भुवा पर्वको अवसरमा पुष १० गते सार्वजनिक विदा दिने निर्णय गरेको बताएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ । दशै तिहार अनन्ते गौरा पछिको सुदुरपश्चिम प्रदेशकोभुवापर्ब पनी महोत्पुण रुपमा मनाउने चलन छ । भुवा पर्ब पौष ९ गते देखी १३ गते सम्म मनाउने भए पनी १० गते बिषेश पर्बको रुप लिइने हुदा प्रदेश सरकारले बिदाको घोषणा गरेको बताइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मीप्रसाद जोशीको हस्ताक्षेरीत बिज्ञप्ती सहित आज सार्बजनिक गरिएको जनाएको छ ।