बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • खेलकुद
  • सुदुरपश्चिम स्पोर्टस अवार्डमा शौभाग्यश्वर फार्मेसी सह–प्रायोजक

सुदुरपश्चिम स्पोर्टस अवार्डमा शौभाग्यश्वर फार्मेसी सह–प्रायोजक

  • मङ्लबार, पुस ८, २०७६
सुदुरपश्चिम स्पोर्टस अवार्डमा शौभाग्यश्वर फार्मेसी सह–प्रायोजक

 धनगढी, पुस ८ — धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको शौभाग्यश्वर फार्मेसीले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शौभाग्यश्वर फार्मेसीले सह–प्रायोजकको रुपमा प्रायोजन गरेको हो । विभिन्न ६ वटा विधा दिईने स्पोर्टस अवार्डमा शौभाग्यश्वर फार्मेसी पावर्ड वाई हुने भएको छ । सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शौभाग्यश्वर फार्मेसीका प्रबन्ध निर्देशक मेगेन्द्र बोहोरा र सुदुरपश्चिम स्पोर्टस अवार्डका प्राविधिक संयोजक जितेन्द्र रावलले हस्ताक्षर गर्नुभएको छ । सरकारी स्तरबाट हुनुपर्ने काम पत्रकारहरुले गरिरहेको अवस्थामा विभिन्न निजि क्षेत्रले सहयोग गरिरहेको थाहा पाएपछि आफुले पनि सामाजिक उत्तरदायित्व सम्झेर अवार्डलाई सहयोग गरेको शौभाग्यश्वर फार्मेसीका प्रवन्ध निर्देशक मेगेन्द्र वोहोराले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफु सधैं तयार रहेको र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको विकास लागि युवा व्यवसायीहरुको हातेमालोले आगामी दिनमा खेलकुद क्षेत्रमा लागेकाहरुलाई हौस्ला वढाउन सहयोग गर्ने अपेक्षा गर्दै अवार्डका प्राविधिक संयोजक जितेन्द्र रावलले शौभाग्यश्वर फार्मेसीलाई सह–प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । सह–प्रायोजक गरेसँगै अवार्डका पाँच विधाको प्रायोजन भईसकेको छ । बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिनुभयो । चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार