शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • मध्यराती गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

मध्यराती गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

  • आइतवार, पुस ६, २०७६
मध्यराती गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

काठमाडौँ — शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ ।

शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् ।

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।

अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार