• होमपेज
  • बडिमालिका
  • जाल्पा माविलाई पाँच कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण

जाल्पा माविलाई पाँच कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण

  • बिहिबार, पुस ३, २०७६
जाल्पा माविलाई पाँच कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण

संगिता तिमिल्सेना
बाजुरा ३, पुष– बाजुराको बडीमालिका नगरपालिका–१ मा रहेको जाल्पादेवी माध्यमिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि कम्प्युटर हस्तान्तरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास कैलालीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई पाँच सेट कम्प्युटर र एक सेट प्रिन्टर सहयोग गरेको संस्थाका अध्यक्ष तथा सामाजिक अधियान्ता भक्तराज जोशीले बताए ।
विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई प्रविधीसंग जोड्दै शिक्षामा गुणस्तर तथा कम्प्युटरमा दक्ष बनाउने गरी नगरपालिकाको आग्रहमा उक्त सामग्री हस्तान्तरण गरेको जोशीले बताए । उहाँले डोटी जिल्लाका दुई विद्यालयमा दिएका कम्प्युटर एक वर्ष सम्म प्रयोग नभएको पाइएकाले कम्प्युटर प्रयोगमा ल्याउन आग्रह गरेका छन् । मानवीय सेवामा अनेकौ प्रयासले सहयोग मात्र भन्दा सामाजिक रुपमा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य र अन्य सामाजिक कार्यमा सहयोग गर्दै जानेमा उहाँले शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रतिवद्धता जनाए ।
मानवीय सेवामा अनेकौ प्रयासका परियोजना संयोजक जन्मोजय भट्टराईले संस्थाले १६ जिल्लामा राहत पिडित,शैक्षिक सामग्री,सरसफाईका सामग्री समेत सहयोग गर्दै आएको पनि बताए । विद्यालयलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख कविता विष्टले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा शिक्षामा सुधार र गुणस्तरिय शिक्षालाई आवश्यता हुँदा नगर स्वयमसेवक समेत नियुक्त गरेको बताइन ।
हरेक विद्यालयको हरेक विद्यार्थीले शैक्षिक रुपमा सुधार भएमा नगर समृद्ध र शिक्षित बन्दै जानेमा नगर उप प्रमुख विष्टले विश्वास व्यक्त गरिन । विद्यालयमा समेत छाउपडी प्रथाको बारेमा सचेतनाका मुलक सन्देश फैलाउदै गाउँघरमा सर्वसाधारणलाई यस बारेमा सचेत बनाउन विद्यार्थीहरुलाई आग्रह गरेकी छन् ।
छाउपडी कुप्रथा अन्त्य गर्नका लागि सकारात्मक सोचको खाँचो रहेको पनि औल्याएकी छन् । उप प्रमुख विष्टले कतिपय वडामा रहेका स्थानीयहरुले छाउपडी प्रथाको बारेमा जानकारी नहुँदा गोठ भन्दा मानसिक छाउपडी गोठ भत्काउन नगरपालिका लागेको प्रतिक्रिया दिइन । साथै उहाँले नगरपालिका क्षेत्रका विद्यालयलाई प्रविधिमा जोड्नका लागि कम्प्युटर सहयोग गरेकोमा मानवीय सेवामा अनेकौ प्रयास कैलालीलाई धन्यवाद दिइन ।
कम्प्युटर सहयोगले विद्यार्थीलाई कम्प्युटर शिक्षा हासिलका लागि सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज पण्डितले बताउनु भएको छ । कम्प्युटर शिक्षाले विद्यार्थीलाई रोजगारी सिर्जना गर्ने विव्यस अध्यक्ष पण्डितले विश्वास व्यक्त गर्नुभएको छ । विद्यालयमा हाल तीन सय बढी विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
नगरपालिका र वडा कार्यालयको समन्वय तथा सहकार्य र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको आर्थिक सहयोगमा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको वडाअध्यक्ष रामबहादुर कार्कीले बताउनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज पण्डितको अध्यक्षतामा संचालन भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नगरउप्रमुख कविता विष्ट रहेकी थिइन । भने विशिष्ट अतिथिमा सहयोगी निकायका अध्यक्ष भक्तराज जोशी, परियोजना संयोजक जन्मोजय भट्टराई, वडा अध्यक्ष राम बहादर कार्की रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा सम्पुर्ण वडासदस्यहरु सहित शिक्षक, हभिभावक, विद्यार्थी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार