• होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी देखी साँफे सम्म प्रति किलोमिटर ४ रुपैया भाडा

मार्तडी देखी साँफे सम्म प्रति किलोमिटर ४ रुपैया भाडा

  • सोमवार, मंसिर ३०, २०७६
मार्तडी देखी साँफे सम्म प्रति किलोमिटर ४ रुपैया भाडा

बाजुरा ३० असोज —साँफे मार्तडी सडक खण्डको भाडादर मार्तडी देखी साँफे सम्म प्रति किलोमिटर ४ रुपैया भाडा कायम गरिएको छ । मंिसर २२ गते जिल्ला प्रशासनमा भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि सहित प्रति किलोमिटर ३ रुपैयाका दरले भाडा कायम गरेको थियो । उक्त भाडा यातायाता ब्यबस्था बिभागको परिपत्र अनुसार कायम गरिएको थियो । सोमबार उक्त भाडा उल्टाउदै सर्बदलिय बैठकले प्रति किलोमिटर ४ रुपैया मौखिक निर्णय गरेको छ । अब मार्तडी देखी सम्म २ सय २० निर्धारण भएको छ ।
यातायात ब्यबसायिले पहिलोको भाडामा यातायात सचांलन गर्न नसक्ने बताएपछि फेरि सर्वपक्षिय छलफल मार्फत सो निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।, जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको प्रमुख आतिथ्यमा बसेको बैठकले भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय यातायाता ब्यबस्था बिभागको परिपत्रमा उल्लेख गरेको रकममा ५५ रुपैया बढाएको मौखीक सहमती भएको जनाएको छ ।
साफे मार्तडी सडक खण्डले रुट प्रमिट पाएर भाडा घटाएको भएपनि यातायात ब्यबसायिले भाडा नघाटएपछि यस्तो निर्णय गरेको हो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलान्यास गरेको साफे मार्तडी सडकले बैधानीकता पाएको एक हप्तामै एकाएक भाडादर बृद्धि गर्नु नेपालको कानुन भन्दा बिपरित भएको बैठकमा सहभागी नागरिक अगुवा तुलाराम जैशीले बताए । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय यातायाता ब्यबस्था बिभागको परिपत्र अनुसार इजाजत दिएको र सो अनुसार ब्यबासायीले यातायात संचालन गर्नुपर्नेमा नागरिक अगुवा जैशीले दवाव दिएका थिए ।
साफे मार्तडी सडक केही समस्याका कारण प्रमुख जिल्ला अधिकारीको मौन सर्मथन र जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको पहलमा भाडा बृद्धी गरिएको बैठकमा सहभागीले बताएका छन् । बाजुराबासीले मार्तडी देखी साफेसम्म रहेको ५५ किलोमीटर सडकमा ५ सय तिर्दै आएका थिए । यातायात व्यवसायीहरुले ब्यबासाय धरापमा जाने र घाटा लाग्ने भनेपछि जिल्ला प्रशासनमा एकाएक सर्बदलिय बैठक बसालेर मौखीक सहमतीको निर्णय गरेको वताएको छ । जिल्लामा पेट्रोल, डिजेलका लागि आयल निगमको ब्यबस्था र तेलको मुल्यमा कमि नभएकाले यातायात ब्यबासायी घाटामा जाने भएकाले भाडा बृद्धि गर्न आबस्यक रहेको स्वामीकार्तिक मानासरोबर यातायात ब्यबासायी सघं बाजुराका अध्यक्ष संकर मल्लेले बताए ।
यातायात ब्यबस्था विभागको अनुमती पाए संगै मार्तडी–साफेँ सडक खण्ड भित्र ४० सिट वा सो भन्दा कम सिट भएका यातायातका साधानहरुका लागि अनुमती दिएको यातायात ब्यबस्था बिभागको परिपत्र अनुसार मसिंर २२ गते बसेको सर्बदलिय बैठले समते निर्णय गरिसकेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । बैठकमा भएका मौखीक सहमती, मार्तडी कोल्टी सडकमा भएका बिभिन्न गुनासाहरु आउने गरेको र यसपछि पनी जनताका दुखेसो आए यातायात ब्यबासायी कानुनी प्रक्रिया अनुसार बार्काही गर्ने यातायात ब्यबासायीलाई प्रजिअ न्यौपानेले कडा निर्देशन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार