तर उनी आफैं बेचिइन् । त्यो पनि वैदेशिक रोजगारीका नाममा । उनलाई नेपाली दलालले १२ हजार ५ सय दिर्हाममा दुवईको एजेन्टलाई बेचे ।दीपालाई सुकमायाले नवलपरासीको महेशपुर नाका हुँदै भारत पुर्या इएकी थिइन् । उनलाई भारतको बाटोबाट विदेश जानु अवै’धानिक हो भन्ने थाहा थियो । त्यसैले जान्न पनि भनिन् ।
तर सुकमायाले नेपालबाट जान मिल्दैन, छिटो गए राम्रो काम अनि छिटो पैसा कमाउन पाइन्छ भनेर लोभ देखाइन । सुकमायाले तिमी त मेरै बहिनी जस्तै त हौ नि जे जस्तो परे पनि म बेहोरिहाल्छु नि भनेपछि दीपाको मन पग्लियो ।त्यसपछि त जसो जसो बाहुन बाजे उसो उसो स्वा’ह भने जस्तै सुकमायाले जे जे भनिन, त्यही नै मान्दै दीपा उनकै पछि लागिन। ‘उसको श्रीमान भारतको बनारसमा रैछ ऊ भएसम्म पुर्याइ दिए अनि त्यहाँ भन्दा उता उसकै श्रीमानले लग्यो’ दीपाले भनिन। भार तको बनारसमा भेटिएका सुकमायाका श्रीमानले दीपालाई एक महिना अघि दुवई पुर्याएका हुन् । पहिलो दिन दुवई पुग्दा अमेरिका पनि यस्तै होला जस्तो लाग्यो दीपालाई ।
एअरपोर्टमा अरबी बोल्ने एक जना व्यक्ति लिन आए । उनले खाद्दामा (घरेलु कामदार महिलालाई राख्ने) अफिस लाने भन्दै आफ्नै घर लगे । कम्पनीमा पुर्याउने भनेर लगे पनि अरबी बोल्ने मान्छेले एक महिना सम्म दीपालाई सारजाहामा रहेको आफ्नै घरमा राखे । ‘१५ तला माथिको त्यो बसाई थु’नुवाको जस्तै थियो’ दिपा सम्झिन्छिन् ‘केही भनौं भने या’तना पो दिने हो कि भन्ने ड’रले केहि बोलिन ।’ घरको सबै काम गर्नुपर्ने दीपाले दिनमा दुई वटा रोटी भन्दा अरु केही खान पाइनन् । ‘केही काम बिग्रियो भने ह’राम भन्दै गा’ली गथ्र्यो’ दीपाले भनिन् । दुवइको एजेन्टले आफ्नै घरमा घरेलु काम गर्न लगाउँदा खाद्दामा अफिस लगेपछि त राम्रो काम पाइ हाल्छु नि भन्ने सोच्दै महिना दिन बिताइन दीपाले । तर मोल’मोलाई नमिलेर आफूलाई काममा नपठाएको भन्ने सुइँको मात्र होइन दीपाले त आफूलाई सिरिया पठाउन लागेको पनि पत्तो लगाइन् ।