शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तान युद्धमा जित्न नसकिने थाहा भएर पनि अमेरिकी नेताले युद्ध जारी राखेको दस्तावेज सार्वजनिक

अफगानिस्तान युद्धमा जित्न नसकिने थाहा भएर पनि अमेरिकी नेताले युद्ध जारी राखेको दस्तावेज सार्वजनिक

  • सोमवार, मंसिर ३०, २०७६
अफगानिस्तान युद्धमा जित्न नसकिने थाहा भएर पनि अमेरिकी नेताले युद्ध जारी राखेको दस्तावेज सार्वजनिक

वासिङ्टन पोष्टले केही दिनअघि १८ वर्षदेखि जारी अफगान युद्धबारे अमेरिकी सरकारका गोप्य कागजात प्रकाशित ग¥यो । यी दस्तावेजले अफगानिस्तान युद्धमा नेताहरुले आम जनतालाई झूट बोलेको खुलासा भएको छ ।

ती दस्तावेजहरुमा राष्ट्रपति तथा उच्च सैन्य अधिकारीलाई युद्ध जितिदैन भन्ने थाहा भएको देखिन्छ । तर उनीहरुले १८ वर्षदेखि जारी युद्ध छिट्टै टुङ्गोमा पुर्याउन सकिने आशा(झुटो) व्यक्त गर्ने गर्थे ।

यो खुलासाले अमेरिकी राजनीतिमा हलचल मच्चाएको छ । युद्धको वास्तविक अवस्था आमसर्वसाधरणबाट लुकाउनेमा युद्धको समयमा पदमा रहेका जर्ज बुस, बाराक ओबामा र ट्रम्प सबै छन् ।

अफगान पेपर्सलाई भियतनाम युद्धको समयमा सार्वजनिक पेन्टागन पेपर्ससँग तुलना गरिदैंछ । पेन्टागन पेपर्स सार्वजनिक गराएका ड्यानियल एल्सवर्ग पनि यो तुलनाप्रति सहमती व्यक्त गर्छन् ।

‘दुवै युद्धमा राष्ट्रपति तथा जनरलहरुमा कसका विरुद्ध युद्ध लडिँदैछ भन्ने कुराको यथार्थपरक दृष्टिकोण राख्थे । तर तिनले अमेरिकी नागरिकलाई युद्धको सही अवस्था बताउन चाहेनन् ,’ एल्सवर्गले भने ।

एल्सवर्गले भियतनाम युद्धबारे आरएएनडी नामक अनुसन्धान संस्थाको एक गोप्य अध्ययनमा काम गरेका थिए । त्यसपछि उनी आम नागरिकले पनि त्यसलाई हेर्न आवश्यक रहेको निष्कर्षमा पुगे र ती कागजातलाई लिक गराए । पहिले न्युयोर्क टाइम्स र त्यसपछि वासिङ्टन पोष्टमा ।

‘अठार वर्षअघि अफगानिस्तान युद्धमा जाँदै गर्दा मैले यो भियतनाम हुने बताएको थिएँ । खासमा रुसीहरु त्यसको २० वर्षअघि त्यहाँ पस्दा पनि त्यही भनेको थिएँ ,’ एल्सवर्गले भने ।

भियतनाम र अफगानिस्तानका न्युज स्टोरीका केही प्रमुख हरफमा समानतासमेत देखिन्छ । सन् १९७१ जुन १३ मा न्यु ोर्क टाइम्सले पेन्टागन पेपर्सबारे पहिलो स्टोरी यसरी सुरु गरेको थियोः

‘अमेरिका कसरी इण्डोचाइनामा युद्धमा गयो भन्ने विषयमा पेन्टागनले तीन वर्षअघि संचालन गरेको एक वृहत अध्ययन गरेको थियो । त्यसले चार राष्ट्रपतिहरुमा एक गैर–कम्युनिष्ट भियतनाम निर्माण गर्ने प्रतिबद्धता र दक्षिण भियतनामलाई बचाउनको लागि उत्तरसँग लड्ने तत्परता देखिन्छ । तर यस प्रयास कार्यन्वयनमा निराशा देखिन्छ । तर तिनले सार्वजनिक अभिव्यक्तिमा यस्तो देखाएका थिएनन् ।’

सोमबार वासिङ्टन पोष्टमा प्रकाशित अफगानिस्तान पेपर्सको सुरु यसरी भएको छः

‘वाशिङ्टन पोष्टले प्राप्त गरेको सरकारी कागजातको गोप्य खजनाले शीर्ष अमेरिकी अधिकारीहरुले अफगानीस्तानको युद्धको १८ वर्षको अवधिमा सत्य नबोलेको देखाएको छ । तिनले सार्वजनिक रुपमा व्यक्त गरेका आशावादी मन्तव्य गलत हो भन्ने तिनलाई थाहा थियो । तिनले युद्ध जितिदैन भन्ने प्रमाणलाई लुकाइरहे । ’

तीन वर्षे अनुसन्धान
सोमबार बिहान सार्वजनिक भएको अफगानिस्तान पेपर्स तयार गर्न तीन वर्ष लाग्यो ।

वासिङ्टन पोस्टले ‘फ्रिडम अफ इन्फरमेसन एक्ट (सूचनाको स्वतन्त्रतासम्बन्धी ऐन)’ र संघीय अदालतमा विभिन्न मुद्दा हालेर प्राप्त गरेको नोट, ट्रान्सक्रिप्ट र सरकारी अधिकारीका अडियो रेकर्डिङ प्रयोग गरेर अफगानिस्तान पेपर्स तयार पारेको थियो ।

सरकारी अधिकारीका अडियोहरु ‘स्पेसल इन्स्पेक्टर जेनेरल फर अफगानिस्तान रिकन्स्ट्रक्सन(सिगार)’को कार्यालयले अन्तरवार्ताबाट प्राप्त भएको थियो ।

वासिङ्टन पोस्टका रिपोर्टर क्रेग ह्वाइलकले स्टोरी तयार गरेका थिए । क्रेगका अनुसार सिगारको रिर्पोटहरु ‘गम्भीर नोकरशाही भाषा’मा थियो र अन्तरवार्ताका एकदम गम्भीर आलोचनाहरु हटाइएका थिए ।
त्यसैले अन्तरवार्ता रेकर्ड र अन्य सामाग्रीहरु हासिल गर्नुलाई पोस्टले जनसेवा भनेको छ ।

ह्वाइटलकसँगको अन्तरवार्तामा सिगारका प्रमुख जोन सोप्कोले अफगान युद्धबारे ‘अमेरिकी जनतालाई निरन्तर झुट बोलिएको बताए ।’

अनुसन्धान अझै जारी छ
पोस्टले अतिरिक्त कागजातहरु हासिल गर्न काम गरिरहेको छ ।

‘अफगानिस्तानमाथि १८ वर्षसम्म युद्ध चल्यो र अझै जारी छ । यसले ठूलो धनजनको क्षति ग¥यो । त्यस्तै हजारौं मानिस असक्त जीवन बाँचिरहेका छन् । सर्वसाधरणसँग सरकार युद्ध प्रयासलाई लिएर सरकार इमान्दार रहे नरहेको जान्ने हक छ । ’ वासिङ्टन पोस्टका सम्पादक मार्टी बारोनले इमेलमा भने ।

‘क्रेग ह्वाइटलक र हाम्रा वकिलहरुको तीन वर्षको अनवरत मेहनतले सर्वसाधरणले अहिले आएर थाहा पाएका छन् कि सुरुदेखि नै सत्य युद्धको चपेटामा परेको थियो ।’

बरोनका अनुसार यो परियोजनामा न्यूजरुमका दजनौं कर्मचारीले काम गरेका थिए ।

‘हाम्रा रिपोर्टरहरुले सर्वसाधरणसामु सत्य प्रस्तुत गरेका छन् , यसको संयोजन गर्न पाउँदा हामी अत्यन्त गौरम्भावित छौं,’ उनले थपे ,‘हामी अझै सरकारको कब्जामा रहेको सूचना हासिल गर्न हाम्रो कानुनी लडाईं जारी राख्नेछौं ।’

एल्सवर्गले थुप्रै अधिकारीहरुले अफगान युद्धबारे खुलेर बोलेकोमा खुसी व्यक्त गरे । उनको विचारमा तिनले सार्वजनिक रुपमा पनि यस्तै प्रस्ट हुनुपर्ने थियो ।

‘आफैलाई प्रश्न गर्नुस्, यी कागजातहरु दस वर्ष अघि वा पाँच वर्ष अघि हामीसामु आएको भएको भए केही फरक गथ्र्यो कि गर्दैनथ्यो ?’

एल्सवर्ग भियतनामको समयमा ढिलो बोलेकोमा पछुतो व्यक्त गर्छन् । पोस्टको समाचारपछि अफगानमा थप हत्या हिंसा अघि बढाइन हुँदैन भन्ने कुरा आम मानिसमा पु¥याउने एल्सवर्गले विश्वास व्यक्त गरे ।
‘ट्रम्प अफगानिस्तानबाट निस्कन चाहिरहेका छन्, उनलाई त्यस्तो गर्न दिउँ ,’ एल्सवर्गले भने ,‘त्यसको जिम्मेवारी उनले लिउँन् । अझ राम्रो त कंग्रेसले यसको जिम्मेवारी लियोस् ।’

-ब्राइन स्टेल्टर, सीएनएन

चर्चामा

सम्बन्धित समाचार