बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोक बस दुर्घटना : ‘हावा फुस्क्यो भन्दै कराएका थिए चालक’

सिन्धुपाल्चोक बस दुर्घटना : ‘हावा फुस्क्यो भन्दै कराएका थिए चालक’

  • सोमवार, मंसिर ३०, २०७६
सिन्धुपाल्चोक बस दुर्घटना : ‘हावा फुस्क्यो भन्दै कराएका थिए चालक’

काठमाडौँ । कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

बस दुर्घटना हुनुको यकिन कारण नखुले पनि बसको खराब अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालका अनुसार बसका चालक सम्पर्कमा छैनन् ।

दुर्घटना हुनेबित्तिकै बसका चालक भागेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । बसको सहचालक बताउने गिपलव तामाङले दुर्घटनाअघि बसका चालकले हावा फुस्क्यो भनेर कराएको प्रहरीलाई बताएका छन् ।

बसका चालक गिपलव तामाङ नै हुनसक्ने प्रहरीका दावी छ । इन्स्पेक्टर खनालले भने, ‘बसको चालक को हुन् र उनको अवस्था के छ थाहा हुन सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार आइतबार बिहान सवा ८ बजे बा४ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार