शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वकिल कुटिएको विरोधमा अस्पतालमा तोडफोड, तीन बिरामीको मृत्यु

वकिल कुटिएको विरोधमा अस्पतालमा तोडफोड, तीन बिरामीको मृत्यु

  • शुक्रबार, मंसिर २७, २०७६
वकिल कुटिएको विरोधमा अस्पतालमा तोडफोड, तीन बिरामीको मृत्यु

वकिल कुटिएको विरोधमा अस्पतालमा तोडफोड भएको छ। भने तीन बिरामीको मृत्यु भएको छ। पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गरेको हो। उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ। त्यहाँका एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा उनीहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन्। बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका थिए।

पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन राशिदलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेअनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो। यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार