शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा हिमपातसंगै जाडो बढ्यो

बाजुरामा हिमपातसंगै जाडो बढ्यो

  • शुक्रबार, मंसिर २७, २०७६
बाजुरामा हिमपातसंगै जाडो बढ्यो
फाइल फाेटाे

बाजुरा २७ मसिंर– बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको छ ।
हमाली क्षेत्रका धेरै ठाउँमा गएरातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि खुसी भएका छन । बाजुरा लगायत देशका बिभिन्न जिल्लामा भारी हिमपात परेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद् बताएका छन ।
यसैबीच लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने यो पानीले निक्कै पाईदा पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाईका विभिन्न बालीलाई फाइदा पुगेको किसानहरुले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफुल र तरकारी लगाएका किसानलाई फाइदा पुगेको बताएका छन ।
तिन चार बर्ष यता पुसमा मात्र बाजुरामा अलीअली हिउँ परेको देखीने बडीमालिका बुढिनन्दा लगायतका उच्च हिमाली क्षेत्रहरु यतीबेला मसिंरको अन्त्यतिरै सेताम्बे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका गौमुल गाउँपालिका त्रिबेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछी गाईबस्तुलाइ पानी खुवान समेत समस्या भएको बिभिन्न ठाउँबाट बडिमालिका खवरलाइ जानकारी प्राप्त भएको छ । जिल्लाका हिमाली गाउँपालिका को गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन लगायतका क्षेत्रका किशानहरुलाइ भने समस्या भएको त्यहाँबाट खवर प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार