बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • रणवीरसँग सालिनीको रोमान्स

रणवीरसँग सालिनीको रोमान्स

  • शुक्रबार, मंसिर २७, २०७६
रणवीरसँग सालिनीको रोमान्स

साउथ चलचित्रले विश्व बजारमा चर्चा पाउँदै गर्दा बलिउडमा समेत यसको प्रभाव परिरहेको छ । बलिउडमा साउथ चलचित्रका रिमेक बन्न थालेका छन् । बलिउडमा साउथका कलाकार, निर्देशकको उपस्थिती बलियो बनिरहेको छ ।

यसैक्रममा, यशराज ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जयसभाई जोरदार’मा साउथकी एक सुन्दरीले काम गर्ने पक्का भएको छ । यो चलचित्रमा नायक रणवीर सिंहको मुख्य भूमिका छ । चलचित्रमा रणवीरकी जोडीको रुपमा चलचित्र ‘अर्जुन रेड्डी’मा काम गरेकी नायिका सालिनी पाण्डेले काम गर्ने पक्का भएको छ । सालिनीको यो बलिउड डेब्यू चलचित्र समेत हो ।

चलचित्रका निर्माता मनिष शर्मा भन्छन्–‘हाम्रो चलचित्रले नयाँ अनुहारलाई खोजिरहेको थियो । अडिसनमा सालिनीको काम देखेर नै हामी उनलाई छनोट गर्ने निर्णयमा पुग्यौ ।’ २५ बर्षकी सालिनीको बलिउड यात्रा सुखद बन्ने अपेक्षा गरिएको छ । अहिले बलिउड चलचित्रमा साउथका थुप्रै सुन्दरीले काम गरिरहेका छन् ।

सालिनीले तेलुगु चलचित्रमा काम गर्नु अगाडि आफ्नो करिअर थिएटरबाट सुरु गरेकी थिइन् । सालिनी भन्छिन्–‘म नायक रणवीरसँग काम गर्न पाउँदा निकै नै खुशी छु, किनकी उनी अहिलेको पुस्ताका भर्सटायल सुपरस्टार हुन् । साथमा, यशराज ब्यानरमा काम गर्न पाउनु हरेक कलाकारका लागि सपना नै हुन्छ । मैले, आफ्नो काम बलिउड चलचित्रमा देखाउन पाउनेछु ।’

चर्चामा

सम्बन्धित समाचार