• होमपेज
  • बाजुरा बिशेष
  • पुनमले ६ लाख र रमाले ३ लाख पाँउने

पुनमले ६ लाख र रमाले ३ लाख पाँउने

  • बुधबार, मंसिर २५, २०७६
पुनमले ६ लाख र रमाले ३ लाख पाँउने

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा प्रधानमन्त्रि केपी ओलीले पदक बिजेतालाई नगद सहित सम्मान गर्ने घोषणा गरेका छन् । घोषणा सँगै बाजुरा घर भएकि चेली पुनम रावलले ६ लाख र रमा सिंहले ३ लाख पाँउने भएका छन् । प्रधानमन्त्रि ओलीले स्वर्ण जित्नेले ९ लाख, रजत जित्नेले ६ लाख र कांस्य जित्नेले ३ लाख घोषणा गरेको छ । पुनमले रजत र रमाले कांस्य जितेकी हुन् ।
पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा दोस्रो भएकि हुन् । त्यस्तै रमा सिंह फेन्सीङ्ग खेलमा तेस्रो भएकि हुन् । पदक सँग नगद पुरुस्कार पाँउदा अझै थप हौसला बढेको उनिहरुले वताएकि छन् । समुह अन्र्तगत मा दोस्रो भएकि रमाको समुहले कति पाँउने भने उल्लेख भएको छैन् । बाजुराको बडिमालिका नगरपालिका ८ घर भएकि पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहं नेपाली सेनामा कार्यरत छन् ।
बाजुरा घर भएकि यी दुबैले अन्र्तराष्ट्रिय स्तरमा खेल्न बिदेशमा खेलि सकेकि छन् । रमाले वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको वताईन् । बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढने गरेको छ, पदक जित्छ, आत्माबिश्वास रहेको रमाले वताईन् । त्यस्तै पुनम रावलले भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् । भारतमा खेल्दा उनि तेस्रो भएकि थिईन् । २०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि दुबै जना देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार