बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अछाममा पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर

अछाममा पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर

  • बुधबार, मंसिर २५, २०७६
अछाममा पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविर

अछाम जिल्लामा पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिबिर भएको छ । चौरपाटि गाँउपालिकाको चौरमाण्डौ प्राथमिक केन्द्रमा भएको गाँउपालिकाका अध्यक्ष हर्क साउदले वताएका छन् ।
पहिलो पटक किशोर किशोरी लक्षित भएको शिबिरबाट राम्रो सेवा पाएका छन् । कहिले आफ्नो समस्याका बारेमा भन्न नसकेका किशार किशोरीले खुलेर पहिलो पटक समस्या राखेर चिकित्सक बाट सेवा लिएका छन् ।
चौरपाटि गाँउपालिकाकी १७ बर्षिय रमिता कुवर (नाम परिवर्तन) लाज मानेर आफ्नो समस्या कसैलाई भनेकि थिईनन्, तर गाँउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन भएपछि पहिलो पटक आफ्नो समस्या राखेको वताईन् । उनि जस्तै सोही गाँउपालिकाका हिमाल बोहारा (नाम परिवर्तन) ले पनि पहिलो पटक समस्या राखेर सेवा लिएको वताए । पहिला त समस्या पनि भन्न मानिन्, चिकित्सकले राम्रो सँग सल्लाह र समस्याका बारेमा भन्ने प्रेरित गरेपछि पहिलो चोटी खुलेको बताईन् । चिकित्सकले उनलाई उपचार गरेर र परामर्श दिएर पठाए ।


शिबिरमा मनोसामाजिक सेवा र मनोबैज्ञानिक परामर्श समेत दिइएको थियो । किशोर किशोर मैत्री सुचना २ सय ९२, बिशेष परामर्श सेवा ९, समुह परार्मश सेवा २ सय ६२, बहिरङ्ग सेवा ४७, परिवार नियोजन १ जना, औषधि बितरण ५१ गरि ३ सय ३२ जनाले शिबिर बाट सेवा पाएको आड्रा नेपालका जिल्ला संयोजक तृष्णा दाहालले बताईन् ।
धेरै किशोरीहरुले पहिलो पटक आफ्नो समस्याको बारेमा चिकित्सक कहाँ राखेर परामर्श सेवा र उपचार गरेका छन् । जिल्लामै पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन भएपछि उनिहरुले सेवा पाएका हुन् । शिबिर आड्रा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय अछामको समन्यवमा बिशेषज्ञ चिकित्सक सहित शिबिर सञ्चालन भएको थियो । शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा दिएको आड्रा नेपालका जिल्ला संयोजक तृष्णा दाहालले बताईन् ।


शिबिरमा किशोरी किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि बिशेषज्ञ डा. ईश्वर प्रसाद उपाध्याय र डा प्रियंका श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । डा. ईश्वर प्रसाद उपाध्यायले भने धेरै आफ्नो समस्याका बारेमा बाहिर ल्याउन नचाहाने, सामान्य परिवर्तन भएपनि रोग लागेको भनेर चिन्ता लिने गरेको पाइएको उनले वताए । साथै प्रजनन शिक्षा समेत जानकारी नभएको वताए । मानसकि रुपमा अलि तनाब देखिएको पाईएको र घर समाज बिद्यालयमा समेत खोल्न नचाहाने रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार