शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • बौलाहा कुकुरको टोकाइबाट घाइते १२ जना घाइते घाइतेमध्ये ८ विद्यार्थी

बौलाहा कुकुरको टोकाइबाट घाइते १२ जना घाइते घाइतेमध्ये ८ विद्यार्थी

  • सोमवार, मंसिर २३, २०७६
बौलाहा कुकुरको टोकाइबाट घाइते १२ जना घाइते घाइतेमध्ये ८ विद्यार्थी

डडेल्धुरा: डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिकामा केही दिनयतादेखि एउटा बौलाहा कुकुरले आतंक मच्चाएको छ। आलिताल गाउँपालिका वडा नं. ७ र ८ मा बौलाहा कुकुरले आतंक मच्चाएको हो।

बौलाहा कुकुरले टोकेर अहिलेसम्म १२ जनाभन्दा बढीलाई व्यक्तिलाई घाइते बनाएको जनाइएको छ। बौलाहा कुकुरले ८ जना विद्यार्थीसहित १२ जनाभन्दा व्यक्तिलाई टोकेको हो।

बौलाहा कुकुरले बिहीबार बिहान आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माध्यामिक विद्यालय आइरहका ८ जना विद्यार्थलाई टोकेको विद्यालयका शिक्षक इन्द्र साउँलले जानकारी दिए।

‘बिहान विद्यार्थीहरू विद्यालय आइरहेका थिए। त्यहीँ बेला बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ।’ उनले युनिटी खबरसँग भने, ‘बौलाहा कुकुरले टोकेपछि विद्यालयका अन्य विद्यार्थीहरूमा त्रास फैलिएको छ।’

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका विद्यार्थीसहित अन्य व्यक्तिलाईहरूलाई उपचारका लागि जोगबुडा अस्पताल पठाइएको आलिताल गाउँपालिका–७ का स्थानीय तथा शिक्षक साउँदले जानकारी दिए। आलिताल प्रहरी चौकीले भने उक्त बौलाहा कुकुरको खोजीकार्य गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार