• होमपेज
  • समाज
  • डाक्टरको लापरवाहीले बिरामीको मृत्यु

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु

  • सोमवार, मंसिर २३, २०७६
डाक्टरको लापरवाहीले बिरामीको मृत्यु

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।

यही मंसिर १८ गते ज्वरो आएर अस्पतालमा भर्ना भएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीय माया थापाको शनिबार मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा धर्ना दिएका हुन् । बिरामिको रोग पत्ता नलगाई चिकित्सकले जथाभाबि एन्टीबाएटीक औषधीको प्रयोग गरेका कारणले छोरीको मृत्यु भएको मृतक थापाकी आमा सीता थापाको दाबी छ .मंसिर १८ गते इमर्जेन्सीमा भर्ना भएकी मायालाई १९ गते अस्पतालको वाडमा राखिएको र २० गते आकस्मीक रुपमा आइसीयुमा राखेको मृतक थापाकी आमा सीता थापाले बुटवल अनलाइललाई बताइन् । बिरामिलाई के रोग लागेको हो भनेर सोध्दा केहि नबताउने,अन्यत्र रिफर पनि नगर्ने गरेर अस्पतालले गल्ती गरेको मृतककी फुपु दिदी सीमा दर्लामीको आरोप छ ।

घटनाको बिषयमा निष्पक्ष छानबिन गर्नुपर्ने, दोषि चिकित्सकलाई कार्बाही गर्नुपर्ने माग राख्दै मृतकका आफन्तहरुले अहिले पनि धर्ना दिइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार