• होमपेज
  • समाचार
  • सिस्टर मेरो खुट्टा खै ?

सिस्टर मेरो खुट्टा खै ?

  • सोमवार, मंसिर २३, २०७६
सिस्टर मेरो खुट्टा खै ?

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्‍याए।

१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार गर्न सकिनन्। कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रकृतिलाई ठक्कर दियो।

उनका कलिला खुट्टा ट्रकका चक्काले कु’च्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रकृति चिच्चाइन्, छ’टपटाइन्। आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आ’क्रोशित बने।

ट्र’कमा ढुङ्गा हान्न थाले, चालकलाई लखेटे। त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले संयमता अपनाएन उल्टै विद्यार्थीलाई कु’ट्न थाल्यो। ।

जसलाई भेट्यो उसैलाई प्रहरीले कु’टेपछि विद्यार्थी स्कुलभित्र पसे। प्रहरीले पछ्यायो। शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई न’कुट्न आग्रह गरे।

प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। विद्यालयका शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले प’क्राउ पछि लगेर थुनेको छ।

प्रहरीले अन्य केही शिक्षक र विद्यार्थीलाई पनि विद्यालय हाताभित्रै प्रवेश गरेर दु’र्व्यवहार गरेको देवकोटाले बताए। प्रकृतिको अहिले बिएण्ड बि हस्पिटल काठमाडौँ मा उपचार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार