शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • २८ वर्षीय युवकले गरे बा-आमाको हत्या, दाजु घाइते

२८ वर्षीय युवकले गरे बा-आमाको हत्या, दाजु घाइते

  • आइतवार, मंसिर २२, २०७६
२८ वर्षीय युवकले गरे बा-आमाको हत्या, दाजु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको ह त्या गरेको अभियोगमा पक्राउ परेका छन् । ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको ह त्या गरेको भन्दै पक्राउ परेका हुन् ।

साथै ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले ह’ति’यार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चो ट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तले पहिले बावुको र पछि आमाको ह त्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै निधन भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । आमामाथि प्र हार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि प्र हार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

यादवको मानसिक सन्तुलन बिग्रिएर औ षधि से वन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । प्र हार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए । मृ तकहरुको श वलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार