शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • संखुवासभा : विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

संखुवासभा : विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

  • शनिबार, मंसिर २१, २०७६
संखुवासभा : विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका ४ जलजलाको पोख्राङबाट विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेको छन्। प्रहरीले चैनपुर नगरपालिका ५ का यामप्रसाद गौतमलाई पाँचखपन ८ जलजलाबाट पक्राउ गरेको जनाएको छ। विप्लव कार्यकर्ता गौतमलाई प्रहरीले पाँचखपन ८ बाट शुक्रबार पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको हो।

प्रहरीले विप्लव कार्यकर्ता गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाले बताए। प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला १५ थान, सेप्टी प्यूज ९.९५ मिटर, नन्‍इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तकहरू, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको संखुवासभा प्रहरीले जनाएको छ।

पाँचखपनमा चन्दा आंतक
पछिल्लो समय पाँचखपनका जनप्रतिनिधिले विप्लव कार्यकर्ताले चन्दा आंतक मच्चाएको बताएका छन्। पटकपटक फोनबाट चन्दा माग गरेको जनप्रतिनिधिले बताएका छन्। पाँचखपनका एक वडा अध्यक्षले भने ुहामी जनप्रतिनिधिलाई चन्दाका लागि पटकपटक फोनबाट धम्की आउने गरेको छ। उनले नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूलाई विप्लव कार्यकर्ताले चन्दा माग गरिरहेको बताए। ज्यान जोमिखमा भएका कारण हामीले खुलेर भन्न सकेका छैनौँ।

हामीले चन्दा नदिएकै कारण पाँचखपन नगरपालिकाको गाडी तोडफोड गरेका हुन् उनले भने। अज्ञात समूहले गत मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको गाडी तोडफोड भएको थियो। पाँचखपनको वाना बजारबाट खाँदबारी नगरपालिका आउँदै गरेको गाडीलाई अज्ञात समूहले खेकुवा खोलामा आइपुगेपछि नियन्त्रणमा लिएका थिए।

चर्चामा

सम्बन्धित समाचार